पाकिस्तानको कराँचीमा पेट्रोलियम पदार्थको अभाव « Khabarhub

पाकिस्तानको कराँचीमा पेट्रोलियम पदार्थको अभाव


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको कराँचीमा पेट्रोलियम पदार्थको अभाव देखिन थालेको छ । पेट्रोलियम डिलरहरुले आन्दोलन चर्काएपछि कराँचीमा पेट्रोलियम पदार्थको अभाव देखिएको हो ।

विभिन्न माग राख्दै पाकिस्तान पेट्रोलियम डिलर संघले आन्दोलन गरेको हो । उनीहरुको आन्दोलनका कारण पेट्रोलियम पदार्थको ढुवानी असहज भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

शहरमा इन्धनको आपूर्ति सहज बनाउन आफूहरूले प्रयास गरिरहेको पाकिस्तान स्टेट आयल (पीएसओ) ले जनाएको छ । ट्यांकर ढुवानी गर्ने आयल ट्यांकर अनर एसोसिएशनका अध्यक्ष शाम्श शाहवानीलाई उद्धृत गर्दै पाकिस्तानको एआरवाई टेलिभिजनले जनाएअनुसार ऊर्जाकेन्द्र, रेलमार्ग र विमानस्थलजस्ता शहरका अत्यावश्यक पूर्वाधारमा पेट्रोलियम ढुवानी नियमित भइरहेको छ ।

पाकिस्तान सरकारले पेट्रोल अभावको समस्या समाधान गर्न आन्दोलनरत पेट्रोलियम डिलरहरुलाई वार्तामा बोलाएको छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  ३ : २९ बजे

पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित