भद्रकाली मन्दिरका सत्तल पुनःनिर्माण गरिँदै « Khabarhub

भद्रकाली मन्दिरका सत्तल पुनःनिर्माण गरिँदै


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राणाकालमा सिंहदरबार निर्माण सम्पन्न भएपछि बाँकी रहेको सामग्री प्रयोग गरेर बनाइएको भद्रकाली मन्दिरको सत्तल पुनःनिर्माण गरिने भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघि नै जीर्ण बनेको सत्तल पुनःनिर्माण गर्न लागिएको हो ।

सत्तलको दक्षिणी भागको एउटा भवनबाट पुनःनिर्माण सुरु गर्ने गरी आज काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले शिलान्यास गरिन् । तीन वर्षमा ३४ करोड ७० लाखको लागतमा निर्माण गरिने सत्तलको शिलान्यास गर्दै उनले धार्मिक तथा ऐतिहासिक सम्पदा पुनःनिर्माण गर्न राजनीतिक रुपमा सबैको सहयोग आवश्यक पर्नेमा जोड दिइन्। 

महानगरपालिका सांस्कृतिक, ऐतिहासिक, धार्मिक पक्ष जीवित राख्ने गरी यहाँका सम्पदा पुनःनिर्माणमा जुटेको उपप्रमुख डङ्गोलले बताइन् । वसन्तपुर दरबार क्षेत्रको आगम्छे घर पुनःनिर्माणका लागि पनि महानगरपालिकाले पहल गर्ने उनले योजना सुनाइन्।

राणा प्रधानमन्त्री चन्द्रशमशेर राणाले सिंहदरबार पुननिर्माण गराएपछि बाँकी रहेको निर्माण सामग्रीले सत्तल बनाएको भनिए पनि कति सालमा बनाइएको भन्ने प्रमाण कतै नभेटिएको गुठी संस्थानले जनाएको छ । 

करिब एक सय वर्षअघि बनेको भवन विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघि नै जीर्ण बनेको थियो । गुठी संस्थान केन्द्रीय लगत तथा अभिलेख शाखा कार्यालय रहेको भवन भूकम्पपछि टेकोकाभरमा अड्याइएको थियो ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  ४ : ३३ बजे

अकबरे खुर्सानीमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

भोजपुर– भोजपुरमा व्यावसायिक रूपमा लगाइएको अकबरे खुर्सानीमा ‘कोत्रे’ (डढुवा) रोगको

आज ६० बढी जिल्लामा फ्ल्यास फ्लडको जोखिम : कहाँ कति खतरा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले बिहीबार देशका ६०

काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

काभ्रे– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकका १२ स्थानीय तहमा पालिका

बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने

लमजुङ– बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, १३ यात्रु सकुशल

डोल्पा – नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको