आजका समाचार : संसद्लाई मन्त्रीहरूको वेवास्ता, दुई आयोगको म्याद थपियो र मुख्यमन्त्री पत्नी भ्रष्टाचारमा दोषी  « Khabarhub

आजका समाचार : संसद्लाई मन्त्रीहरूको वेवास्ता, दुई आयोगको म्याद थपियो र मुख्यमन्त्री पत्नी भ्रष्टाचारमा दोषी 


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


8.5k
Shares
  • change font
  • change font
  • change font

 सत्यनिरूपण र बेपत्ता आयोगको म्याद थपियो
सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८२ साल असार मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले त्यसबारेको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । ।

त्यस्तै, स्थानीय तह, राजश्व व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका–२०८१ स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ।

सरकारी कोषको नगद व्यवस्थापन सम्बन्धि कार्यविधि २०८१ स्वीकृत गर्ने, मन्त्रिपरिषदको २०८० माघ १८ को निर्णयअनुसार गठित कार्यदलले पेश गरेको फौजदारी न्याय तथा प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन २०८१ सार्वजनिक गर्ने निर्णय पनि भएको छ।

प्रचण्ड पत्नी सीता दाहालको पहिलो स्मृतिसभा

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने जनमतको निर्णय

प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिन जसपाको ह्विप

गगन भन्छन्- म अहिले मन्त्री हुन्नँ, सरकार बनेसँगै कांग्रेस-एमाले सहमति सार्वजनिक हुन्छ

राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

भिजिट भिसामा विदेश पठाउन दबाब दिने कर्मचारीलाई गृहमन्त्रीले पक्रन लगाए

कोही मन्त्री नआएपछि प्रतिनिधिसभाको बैठक बस्नै सकेन
प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरि स्थगित गरिएको छ ।

बिहीबार अपरान्ह बसेको बैठकमा सरकारका तर्फबाट कोही मन्त्री उपस्थित नभएपछि बैठक कार्यसूचीमा प्रवेश नै नगरि स्थगित गरिएको हो ।


बैठक सुरु हुनेबितिकै कांग्रेस सांसद रामहरि खतिवडाले बैठकमा सरकारका कुनै पनि मन्त्री उपस्थित नभएको अवस्थामा सदन चल्छ वा चल्दैन भन्दै सभामुखलाई प्रश्न गरे ।

संविधानअनुसार विश्वासको मत लिन्छु भन्ने प्रधानमन्त्रीले सदन चलेका बेला प्रधानमन्त्री वा मन्त्रीहरु उपस्थित हुनुपर्छ भन्ने हेक्का राख्नुपर्ने खतिवडाले बताएका छन् ।

राष्ट्रिय सभाको बैठक सूचना टाँसेर स्थगित

कांग्रेसले माग्यो बागमतीका मुख्यमन्त्रीको राजीनामा

गगन भन्छन्-म अहिले मन्त्री हुन्नँ, सरकार बनेसँगै कांग्रेस-एमाले सहमति सार्वजनिक हुन्छ

मुख्यमन्त्री सोडारीकी पत्नी गीता भ्रष्टाचार मुद्दामा दोषी

सहकारीले बचतकर्ताको रकम फिर्ता दिएपछि मुद्दा मिलापत्र

काठमाडौं महानगरले गरेको कालोपत्रे ११ दिनमै खाल्डैखाल्डा
बजेट सक्ने नाममा गरिने असारे विकासको परिणाम देखिन थालेको छ ।


काठमाडौं महानगरपालिकाले ११ दिनअघि मात्रै सडकमा गरेको कालोपत्रे अहिले उप्किएर खाल्डैखाल्डा देखिन थालेको छ । सडकमा कालोपत्रे हुने भन्दै टाँसिएका सूचना अहिले भित्तामा झुन्डिरहेका छन् । तर ११ दिनअघि बनाइएको सडकको नयाँ कालोपत्रे उप्किएर खाल्डो भएको छ ।

असारे विकास चटारोले गुणस्तरहीन कालोपत्रे गरिएको सडक ११ दिनमै खाल्डोमा परिणत भएपछि स्थानीय रुष्ट भएका छन्।

चौधर नदी धार परिवर्तन गरी बस्ती पस्यो

बाढीपहिरोबाट देशभर १३२ सडक प्रभावित

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

मौलापुरमा चट्याङ लागेर एक महिलाको मृत्यु

युद्धमा मारिएका भारतीय नागरिकका परिवारलाई रुसी नागरिकता र क्षतिपुर्ति
युक्रेनविरूद्धको युद्धमा मारिएका भारतीय नागरिकका परिवारलाई रूसले क्षतिपूर्ति दिने प्रक्रिया सुरू गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रूस भ्रमणका क्रममा युद्धमा मारिएका भारतीय नागरिकका परिवारलाई रूसी नागरिकता दिने सहमतिसमेत भएको बताइएको छ ।

रूस सरकारले युक्रेनमा मारिएका परिवारलाई कुल क्षतिपूर्ति रकम १ करोड ३० लाख रूपैयाँमध्ये पहिलो किस्ताबापत ४५ लाख रूपैयाँ पठाइसकेको र बाँकी केही दिनमै पठाउने जनाइएको छ ।

रूसमा भारतीयलाई पठाउने गिरोहका चार जनालाई सीबीआईले पक्राउ गरिसकेको छ । त्यहाँ जाने अधिकांश हैदरावाद, कर्नाटक, उत्तर प्रदेश, कश्मीर, पन्जाब, कोलकातालगायतका स्थानका नागरिक भएको बताइएको छ ।

दक्षिण–पश्चिम चीनमा वर्षाका कारण ६ जनाको मृत्यु

इन्डोनेसियाका पूर्व कृषिमन्त्रीलाई १० वर्षको जेल सजाय

पाकिस्तानको कराँचीमा पेट्रोलियम पदार्थको अभाव

फिलिपिन्समा सडक दुर्घटना हुँदा ११ जनाको मृत्यु

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  ८ : ०१ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित