कान्ति लोकपथमा साना सवारीसाधन सञ्चालन « Khabarhub

कान्ति लोकपथमा साना सवारीसाधन सञ्चालन


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– पहिरोले अवरुद्ध भएको कान्ति लोकपथमा साना सवारीसाधन सञ्चालन भएका छन् । ललितपुरको बागमती गाउँपालिका–६ रातो पहाड नजिक खसेको पहिरो हटाएपछि हलुका सवारीसाधन सञ्चालनको अनुमति दिइएको भट्टेडाँडास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

पहिरो पूर्ण रुपमा पन्छाउन बाँकी रहेकाले अनुकूल मौसम रहेमा साँझसम्ममा ठूला सवारीसाधनलाई पनि सञ्चालनको अनुमति दिइने मकवानपुर जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता ओम पण्डितले बताए ।

यसैगरी, मकवानपुरतर्फको भीमफेदी गाउँपालिका–८ महादेवटारमा दुवैतर्फको सडकमा पर्खाल, ढल निर्माण जारी छ । त्रिभुवन राजपथअन्तर्गत भीमफेदी–कुलेखानी सडक सञ्चालनमा छ भने पूर्व–पश्चिम राजमार्गमा पनि सवारीसाधन सञ्चालनमा रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ११ : १५ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले