जनार्दन लेख्छन्‌- माओवादीमा समाजवादी रटान, नवउदारवादी नीति ! | Khabarhub Khabarhub

माओवादी बैठक

जनार्दन लेख्छन्‌- माओवादीमा समाजवादी रटान, नवउदारवादी नीति !

यस्तो छ ‘पार्टी निर्माणको’ १६ बुँदे कार्यनीति


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टीमा समाजवादी रटान र नवउदारवादी नीति रहेको जनाएका छन्‌ । पार्टी स्थायी कमिटी बैठकमा शर्माले पेश गरेको प्रतिवेदनमा बितेका वर्षहरूमा सरकारमा रहँदा माओवादीले समाजवादी नारा लगाउँदै नवउदारवादी व्यवस्थालाई पक्षपोषण गरेको स्वीकारोक्ति छ ।

शान्ति प्रक्रिया यताका १८ वर्षमा अधिकांश समय सरकारमा रहेको माओवादी हालै सत्ताच्यूत भएको हो । यसबीच माओवादीले आफ्ना एजेण्डा दहोसँग पकड्ने र स्थापित गर्नेतर्फ ध्यान नदिएको शर्माले प्रतिवेदनमा उल्लेख गरेका छन्‌ ।

बैठक जारी रहँदा आइतबार मध्याह्न शर्माले पेश गरेको प्रतिवेदनका अन्तरवस्तुबारे समाचार सार्वजनिक भएपछि माओवादी वृत्त तरङ्गित छ । पार्टीका नेता/कार्यकर्ताको चरित्र र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्व क्षमतामाथि नै बोझिला प्रश्न उठाउँदै शर्माले प्रतिवेदन तयार पारेका छन्‌ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

‘पार्टीको नीति र पद्धति शीर्षक’मा शर्माले मा‌ओवादीले साङ्गठानिक तवरले आफ्ना एजेण्डा दहोसँग पकड्ने र स्थापित गर्नेतर्फ ध्यान नदिएको लेखेका छन्‌ । समाजवादका सन्दर्भमा माओवादीभित्र रहेको दोधारे चरित्रलाई पनि शर्मा स्वयम्‌ले उधिनेका छन्‌ ।

‘समाजवादको सोलोडोलो रटान लगाइयो । यसलाई उपयुक्त रुपमा परिभाषित गरिएन। मोटो र अर्मूत नाराले जनआंकाक्षा छिचोल्न सकेन र जनतामा अपिल हुन सकेन,’ सो प्रतिवेदनमा लेखिएको छ, ‘नव उदारवादी नीति, योजना र त्यसको पृष्ठपोषण गर्ने राज्य संरचना यथावत राखी समाजवादको नारा लगाउनु आफैँमा भूलभूलेया मात्र हो । तर, यस तथ्यप्रति अनदेखा गर्द बुझेर पनि नबुझे झैँ गरियो।’

फलतः समाजवादको उद्देश्य र नवउदारवादी नीति योजनाबिच ठूलो खाडल भएको र त्यो नै पार्टीमा वैचारिक अन्यौलताको मूल जरो बनेको शर्माले उल्लेख गरेका छन्‌ ।

प्रचण्डको एकलौटी नेतृत्वले उल्टो दिशा !

शर्माले हालसम्म माओवादी समूहको प्रमुख हाँगोको रूपमा रहेको पार्टीमा प्रचण्डको एकलौटी नेतृत्वमाथि पनि आलोचना गरेका छन्‌ । प्रचण्ड ३५ वर्षदेखि पार्टी नेतृत्वमा निरन्तर छन्‌ ।

प्रतिवेदनमा शर्माले सामूहिक नेतृत्वको कम्युनिष्ट अवधारणालाई संकुचित गर्दै एकलौटी नेतृत्वको अभ्यास गरिएको उल्लेख गरेका छन्‌ । युद्धकालमा ‘प्राधिकार’ सामूहिक विचार संश्लेषणको रूपमा रहेको, तर शान्ति प्रक्रियामा आउँदै गर्दा वैचारिक संश्लेषण खारेज गरी नेतृत्वको प्राधिकार मात्र बाँकी राख्दा पार्टीलाई उल्टो दिशातर्फ डोहोर्‍याएको उनको तर्क छ ।

‘शान्ति सम्झौतासँगै बदलिएको परिस्थिति अनुरूप पार्टीलाई संगठनात्मक संरचना र विधि पद्दति अनुसार चलाउने काम गरिएन । कम्युनिष्ट पार्टीमा सामुहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्तिको मर्म विपरित पार्टीमा हाइरार्की सिष्टम स्थापित गरियो,’ शर्माले भनेका छन्‌, ‘सचिवभन्दा उपमहासचिव, उपमहासचिवभन्दा महासचिव, महासचिवभन्दा उपाध्यक्ष, उपाध्यक्षभन्दा वरिष्ठ उपाध्यक्ष, बरिष्ठ उपाध्यक्षभन्दा अध्यक्ष माथि हुने र एकअर्कोलाई उँचो-निचो देखाउने वेष्ट मिनिष्टरियल सिष्टम पार्टीमा लागू गरियो ।’

तर बिग्रेको कामको नैतिक जिम्मेवारी नलिने प्रवृत्ति हावी हुँदै गएको र आफैँमा अन्तरविरोधी बहुलवादी सांगठनिक संरचना र केन्द्रीकत सोच राखिएको उनले जनाएका छन्‌ ।

जनार्दन शर्मा ।

‘पार्टी निर्माण’का लागि १६ कार्यनीति

माओवादी उपमहासचिव शर्माले पार्टी निर्माण (पार्टी पुनरुत्थान) निम्ति भन्दै १६ कार्यनीति पनि अघि सारेका छन्‌ ।

सोही प्रतिवेदनमा आफूलाई ‘पार्टी छाडेर जाँदैछ’ भनी प्रचण्ड निवास खुमलटारबाट हल्ला फैलाइएको लेखेका शर्माले मााओवादी पार्टीकै पुनरुत्थान गर्ने अर्थ लाग्ने १६ बुँदे कार्यनीति प्रस्ताव गरेका हुन्‌ ।

यस्ता छन्‌ शर्माका कार्यनीतिः

यो पनि-

खुमलटारको हल्ला : जनार्दन एमालेमा जाँदैछ…

माओवादी क्षयीकरणबारे जनार्दनका १० बुँदा

जनार्दनको प्रतिवेदन: ‘माओवादीसँग न जनाधार छ, न त देखाउन लायक काम’

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ९ : ५७ बजे

बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३०

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले

नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौँ : मन्त्री पौडेल

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकको भविष्य सम्झेर

‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं – काठमाडौंवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

काठमाडौं – संविधान दिवसका अवसरमा आज काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको