सुदूरपश्चिम प्रदेशसभामा राजश्व सङ्कलनसम्बन्धी अध्यादेश पेस | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेशसभामा राजश्व सङ्कलनसम्बन्धी अध्यादेश पेस


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशसभाको बैठकमा ‘सुदूरपश्चिम प्रदेश सामयिक राजश्व सङ्कलनसम्बन्धी अध्यादेश,२०८१’ पेस गरिएको छ । आज प्रारम्भ भएको प्रदेशसभाको पाँचौ अधिवेशनको पहिलो दिनको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले अध्यादेश पेस गरेका हुन् ।

मन्त्री थापाले बजेट पारित नभएको, राजश्व सङ्कलन गर्न कानुनी व्यवस्था नभएकोे अवस्थामा राजश्व सङ्कलनका लागि नेपालको संविधानको धारा २०३ बमोजिम अध्यादेश जारी गरिएको बताए । अध्यादेश जारी गरिएसँगै कर, दस्तुर, सेवा शुल्क, महशुल, दण्ड जरिवाना, रोयल्टी, ब्याज सङ्कलनका लागि बाटो खुलेको छ ।

बैठकको प्रारम्भमा सभामुखबाट समय लिएर प्रदेशसभा सदस्य जुनाकुमारी दानीले वर्षासँगै बाजुराको हिमाली गाउँपालिका—३को गोरुखर्कमा यही साउन २६गते गएको पहिरोमा परी भएको धनजनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराएका थिए ।

उनले पहिरोमा परी प्रेमकला बुढा, हङ्स बुढा, ललिता बुढा र अनौति रोकाया घाइते भएको, ४१ पशु चौपाया मरेको र पहिरोका कारण ३० परिवार समस्यामा परेको उल्लेख गर्दै घाइतेको उपचारको व्यवस्था गरी प्रभावितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन ध्यानाकर्षण गराए । उनले वर्षासँगैको पहिरोका कारण अवरुद्ध बनेको साँफे–मार्तडी सडक र मार्तडी–कोल्टी सडकमा आवागमन चाँडो सञ्चालनको माग गरे ।

आजको बैठकमा सभामुख भीमबहादुर भण्डारीले सुदूरपश्चिम प्रदेशसभा नियमावली बमोजिम विधायन तथा प्रदेश मामिला समिति सदस्यमा रमेशसिंह धामी र लक्ष्मी बिक, सार्वजनिक लेखा समिति सदस्यमा दीर्घबहादुर सोडारी, गीतादेवी माल, र अक्कलबहादुर रावल, सामाजिक विकास समिति सदस्यमा माया पन्त, ओम विक्रम भाट र झपटबहादुर साउँदलाई मनोनयन गरिएको जानकारी गराए ।

बैठकको प्रारम्भमा सभामुख भण्डारीले पाँचौँ अधिवेशन आह्वानसम्बन्धी गरिएको प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा वाचन गरे ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ७ : २४ बजे

अनेरास्ववियु २४औँ महाधिवेशन : प्रतिनिधि छनोट प्रक्रिया आजदेखि

काठमाडौं– नेकपा एमालेको भ्रातृ सङ्गठन अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशन यही

कोभिड र आर्थिक मन्दीले पिल्सिएका व्यवसायीको कथा  ‘के घर के डेरा : घर नम्बर २’

काठमाडौं– पछिल्लो समय नेपालले भोगेको आर्थिक मन्दी र त्यसले व्यवसायमा

मलेरिया उपचारमा नयाँ फड्को : बन्यो रोग सर्न नदिने नयाँ शैलीको झुल

‘मलेरिया पारा साइट’ कारण संसारमा हरेक ६ लाख जनाको ज्यान

ज्यान मार्ने धम्की पाएका सलमानको घरमा जब दुई अपरिचित छिरे…

काठमाडौं – बलिउड नायक सलमान खान पछिल्लो समय असुरक्षित बनेका

पर्यटक र पूर्वाधारको पर्खाइमा ‘छहरे झरना’ 

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ स्वाँतमा रहेको छहरे झरना पूर्वाधार