सभापति देउवा र भारतीय विदेश सचिवबीच भेटवार्ता « Khabarhub

सभापति देउवा र भारतीय विदेश सचिवबीच भेटवार्ता


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ ।

दुई दिने नेपाल भ्रमणमा आएका मिस्रीले आइतबार देउवा निवास बुढानिलकण्ठमा पुगेर भेटवार्ता गरेका हुन् । दुई देशबीचको आपसी सम्बन्ध थप बलियो बनाउने विषयमा छलफल भएको बताइएको छ ।

यसअघि मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुसँग भेटवार्ता गरेका थिए ।

परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आएका हुन् । अघिल्लो महिना परराष्ट्र सचिव लम्साल भारत भ्रमणमा गएको बेला भारतीय सचिव मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् ।

गत जुलाईमा भारतको विदेश सचिवमा नियुक्त भएका मिस्रीले हालै मात्रै छिमेकी मुलुक भुटानको औपचारिक भ्रमणमा गएका थिए । विदेश सचिव मिस्री दुईदिने भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपुगेका हुन् । उनी भोलि साउन २८ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ८ : १२ बजे

रास्वपाले थाल्यो स्थानीय निर्वाचन तयारी, आचार्यको नेतृत्वमा ‘क्यान्डिडेट क्लब’ सम्पादन समिति

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिलेबाटै आगामी स्थानीय

मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भित्र्याउन किसानलाई आग्रह

काठमाडौं–  मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँलाई खेतमा नछाड्न किसानलाई कृषि

कांग्रेसले सिटौलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो, नयाँ जिम्मेवारी कमल पन्तलाई

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई

इरान प्रस्तावमा अमेरिकी नेतृत्व सशंकित, युद्ध अन्त्य अनिश्चित

एजेन्सी– मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरानबीचको तनावपूर्ण द्वन्द्व अन्त्य गर्ने

चार्ल्स तृतीय र ट्रम्पबीच भेट, अमेरिका–बेलायत सम्बन्धमा जोड

एजेन्सी– इरानसँग सम्बन्धित क्षेत्रीय तनाव चर्किरहेका बेला बेलायतका राजा चार्ल्स