‘दिनभरी बस्तीको बास, रातभर विद्यालयको आस’ « Khabarhub

‘दिनभरी बस्तीको बास, रातभर विद्यालयको आस’


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर । नजिकै जोगबुढा नदी बगिरहेको छ । खेती गरेको जमिन पूरै जलमग्न छ, कतै नदीको बाढी पसेर जमिन कटान गरेको छ । दोधारा चाँदनी नगरपालिका–३ पटराखल्लाका स्थानीय कतिबेला विपद् आइपर्ने हो भनेर अझै त्रासमै छन् ।

थोरै पानी पर्दा पनि घर छोडेर विद्यालयमा आश्रय लिन जानुपर्ने बाध्यता कायमै छ । “मौसम राम्रो भएको बेला बस्तीमै बस्छौँ तर आकाशमा बादल लाग्ने बित्तिकै डरले घरमा बस्न सकिँदैन”, पटराखल्लाकी मिना सुनारले भने, “बस्तीमा कतिबेला बाढी पसेर के हुन्छ ? भन्ने डर लाग्छ । त्यसैले लालाबाला बोकेर विद्यालयमा रात कटाउँछौँ ।”

असार तेस्रो साता गएको बाढीले त्रसित यहाँका स्थानीय अझै सामान्य अवस्थामा फर्कन सकेका छैनन् । दिनभर बस्तीमा काम गर्ने गरे पनि रात बिताउन विद्यालयमा जाने गरेको स्थानीय सपना सुनार बताउँछन् । “दिनभरी बस्तीमै काम गरे पनि बेलुका रात कटाउन विद्यालयमा जान्छौँ । फेरि बिहान घर फर्किन्छौँ । असार तेस्रो साता आएको बाढीपछि हाम्रो दिनचर्या यसरी नै चलिरहेको छ ।”

बस्ती नजिकै जमुना आधारभूत विद्यालय छ । यहाँ वृद्धवृद्धा, बालबालिका, सुत्केरी, गर्भवती महिला राती बास बस्ने गरेका छन् । “जोगबुढा नदी बस्ती पस्दा बास उठ्यो । घर भताभुङ्ग हुनुका साथै भित्रका अन्नपात, लत्ताकपडा सबै बगायो”, स्थानीय रामु मगरले भने, “होचो भूभाग हुँदा अझै पानी जमेकै छ । खै१ कहिलेसम्म यस्तो हुने हो ?”

उनकानुसार थोरै वर्षा हुँदा पनि बस्ती डुबानमा पर्ने गरेको छ । यहाँका स्थानीयले विगतदेखि नै सुरक्षित आवासको व्यवस्थापन गरिनुपर्ने माग गर्दै आएका छन् । जोगबुढा नदीमा पक्की तटबन्ध निर्माणका लागि बारम्बार माग गरे पनि सुनुवाइ नभएको स्थानीय मंगल सुनारले गुनासो गर्नुभयो ।

“पक्की तटबन्ध निर्माण भए जोगबुढाको कटान र बाढी रोकिन्थ्यो । पक्की तटबन्ध निर्माण नहुँदा थोरै पानी पर्दा पनि डराइडराइ बस्नुपरेको छ”, उनले भने ,“कि तटबन्ध गर्नुप¥यो कि त सुरक्षित आवासको व्यवस्था गरिदिए हुन्थ्यो तर कसले सुन्ने हाम्रा कुरा १”

विसं २०२१ देखि बसोबास सुरू भएको यस बस्तीमा हाल ३६ परिवार छन् । हरेक वर्षायाममा यी परिवारले त्रास मै बस्नु परिरहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ८ : ३१ बजे

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको

रास्वपा महामन्त्री दौडमा रञ्जुको इन्ट्री, सोबिता उपसभापतिमा लड्ने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदको

निशा डाँगीद्वारा सह महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डागीले सहममन्त्रीमा उम्मेदवारी

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई अदालतमा उपस्थित गराउन आदेश

काठमाडाैं – पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जोडिएको पतन्जली योग विद्यापिठ जग्गा