इमान्दारिता नभए विज्ञताको अर्थ छैनः नारायणमान बिजुक्छें « Khabarhub

इमान्दारिता नभए विज्ञताको अर्थ छैनः नारायणमान बिजुक्छें


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले जुनसुकै पेशा, व्यवसाय तथा क्षेत्रमा इमान्दारिता सबैभन्दा ठूलो विषय भएको बताएका छन् ।

निओ फ्युजन स्कुल अफ कम्प्युटर आयोजना गरेको पुरस्कार वितरण एवं अभिनन्दन कार्यक्रममा उनले जुनसुकै क्षेत्रका विज्ञ भए पनि पेशासँंगै इमान्दारिता, नैतिकता, सदाचार हुन अत्यन्तै जरुरी रहेको बताए।

अनुशासन छैन भने विज्ञताको कुनै अर्थ नहुने उल्लेख गर्दै उनले युवा पुस्तालाई यसको महत्व बुझाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा उनले नेपालको वरिष्ट पौभा कलाकार सूर्यबहादुर चित्रकारलाई सम्मान पत्र प्रदान गरे। साथै विभिन्न विधामा निःशुल्क प्रशिक्षण दिने प्रशिक्षकहरुलाई प्रंशसा पत्र प्रदान गरिएको थियो ।

संस्थाले यसवर्ष एसइई दिएर बसेका दुई सय ३८ जना पुरुष र एक सय ९२ जना महिला गरी कुल ४६० जनालाई विभिन्न १० वटा तालिम दिएको जनाएको छ ।

संस्थाले हालसम्म विभिन्न विधामा छ हजार सात सय ८० जनालाई विभिन्न तालिम प्रदान गरिसकेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  १० : ३० बजे

बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालन

गोरखा– मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द

वालेन्द्र नेतृत्वको सरकारप्रति राधिकाको आक्रोश, भनिन्, ‘खराने ग्याङ’ले जेजे गरुन्, हामी डराएर भाग्दैनौँ’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले

दक्षिण कोरियामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च

सियोल- दक्षिण कोरियामा अगस्ट महिनामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च भएको छ । सरकारी तथ्यांकअनुसार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त

काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना पदाधिकारी नियुक्त भएका

मन्त्रीहरूलाई सुझाव वर्षमानको सुझाव : शासकीय अहङ्कार नदेखाउनू, जनताले कालोझण्डा देखाइसके

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले शासकीय अहङ्कार नदेखाउन