विश्वकप फुटबल छनौट : अर्जेन्टिनापछि ब्राजिल पनि पराजित « Khabarhub

विश्वकप फुटबल छनौट : अर्जेन्टिनापछि ब्राजिल पनि पराजित


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत ब्राजिल पराग्वेसँग पराजित भएको छ । बुधबार बिहान सम्पन्न खेलमा पराग्वेले ब्राजिललाई १-० गोलअन्तरले पराजित गरेको हो ।

पराग्वेको जितमा खेलको २०औं मिनेटमा डिएगो गोमेजले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । सन् २००८ यता पहिलो पटक पराग्वेले ब्राजिललाई हराउन सफल भएको हो ।

विश्वकप छनौटमा पराग्वेको यो दोस्रो जित हो । यस जितपछि ८ खेलमा ९ अंकसहित पराग्वे सातौँ स्थानमा छ ।

त्यस्तै जारी विश्वकप छनौटमा ब्राजिलको यो चौथो हार हो । ब्राजिलले ८ खेलमा ३ जित हासिल गरेको छ भने एक खेल बराबरी खेलेको छ ।

यस खेलपछि ब्राजिलको ८ खेलमा १० अंक रहेको छ र अंक तालिकामा पाँचौँ स्थानमा छ ।

यसअघि बुधबार बिहान नै भएको खेलमा कोलम्बियासँग विश्वविजेता अर्जेन्टिना २-१ गोलअन्तरले पराजित भएको छ ।

हारपछि पनि अर्जेन्टिना दक्षिण अमेरिकी समूहको अंक तालिकामा पहिलो नम्बरमै छ । उता कोलम्बिया पनि दोस्रो नम्बरमा यथावत छ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  १ : १८ बजे

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा

दोलखा र जुम्लाको तापक्रम माइनसमा

काठमाडौं- नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लाको