विश्वकप फुटबल छनौट : अर्जेन्टिनापछि ब्राजिल पनि पराजित « Khabarhub

विश्वकप फुटबल छनौट : अर्जेन्टिनापछि ब्राजिल पनि पराजित


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत ब्राजिल पराग्वेसँग पराजित भएको छ । बुधबार बिहान सम्पन्न खेलमा पराग्वेले ब्राजिललाई १-० गोलअन्तरले पराजित गरेको हो ।

पराग्वेको जितमा खेलको २०औं मिनेटमा डिएगो गोमेजले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । सन् २००८ यता पहिलो पटक पराग्वेले ब्राजिललाई हराउन सफल भएको हो ।

विश्वकप छनौटमा पराग्वेको यो दोस्रो जित हो । यस जितपछि ८ खेलमा ९ अंकसहित पराग्वे सातौँ स्थानमा छ ।

त्यस्तै जारी विश्वकप छनौटमा ब्राजिलको यो चौथो हार हो । ब्राजिलले ८ खेलमा ३ जित हासिल गरेको छ भने एक खेल बराबरी खेलेको छ ।

यस खेलपछि ब्राजिलको ८ खेलमा १० अंक रहेको छ र अंक तालिकामा पाँचौँ स्थानमा छ ।

यसअघि बुधबार बिहान नै भएको खेलमा कोलम्बियासँग विश्वविजेता अर्जेन्टिना २-१ गोलअन्तरले पराजित भएको छ ।

हारपछि पनि अर्जेन्टिना दक्षिण अमेरिकी समूहको अंक तालिकामा पहिलो नम्बरमै छ । उता कोलम्बिया पनि दोस्रो नम्बरमा यथावत छ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  १ : १८ बजे

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका