इरानी राष्ट्रपति पेजेस्कियन इराक भ्रमणमा « Khabarhub

इरानी राष्ट्रपति पेजेस्कियन इराक भ्रमणमा


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

इराक– इरानका नव निर्वाचित राष्ट्रपति मसूद पेजेस्कियन पदभार सम्हालेपछि पहिलो विदेश भ्रमणका क्रममा बुधबार छिमेकी राष्ट्र इराक पुगेका छन् ।  

इराकी प्रधानमन्त्री मोहम्मद सिया अल–सुदानीले इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति मसुद पेजेस्कियनलाई स्वागत गरेको प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । 

आफ्नो सम्बोधनमा पेजेस्कियनले इरानको अन्तर्राष्ट्रिय सम्बन्धलाई सहज बनाई अर्थतन्त्रमा अमेरिकी नेतृत्वको प्रतिबन्ध कम गर्न छिमेकी देशहरूसँगको सम्बन्धलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरेका छन्  ।  

युक्रेनविरुद्ध प्रयोजनका लागि रूसलाई छोटो दूरीको क्षेप्यास्त्र आपूर्ति गरेकोमा पश्चिमी देशहरूले मङ्लबार इरानमाथि नयाँ प्रतिबन्धको घोषणा गरेपछि उहाँको भ्रमण हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

इरानी विदेश मन्त्रालयका प्रवक्ता नासिर कानानीले बेलायत, फ्रान्स र जर्मनीलाई ‘शत्रुतापूर्ण’ कदमका लागि उचित  कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिनु भएको छ ।  

गाजा युद्धले मध्यपूर्वमा उत्पन्न उथलपुथलको बीचमा भएको भ्रमणले यस क्षेत्र वरपर इरान समर्थित सशस्त्र समूहहरूलाई आकर्षित गरी वासिङ्टनसँग बग्दादको सम्बन्धलाई जटिल बनाएको छ ।

सन् २००३ मा अमेरिकी नेतृत्वको आक्रमणले इराकी तानाशाह सद्दाम हुसेनको सुन्नी प्रभुत्व भएको शासनलाई अपदस्थ गरेपछि इरान र इराक, दुवै शिया बहुल देशहरू बिचको सम्बन्ध नजिक पुगेको छ ।

पेजेस्कियनले इरान छोड्नुअघि ‘इराक आफ्नो मित्र मुस्लिम देशमध्ये एक भएका’ले  पहिलो यात्राका रूपमा यस देशमा जान लागेको उल्लेख गर्नु भएको इरानी राष्ट्रिय टेलिभिजन जनाएको छ ।  

विशेष गरी तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा संयुक्त राज्य अमेरिकाले सन्  २०१८ मा इस्लामिक गणतन्त्र र प्रमुख शक्तिहरू बिचको ऐतिहासिक आणविक सम्झौताबाट भएको बहिर्गमनपछि इरानले वर्षौंसम्म पश्चिमी प्रतिबन्धहरूको सामना गर्नुपरेको छ ।

लाखौं इरानी तीर्थयात्रीहरू इराकको शिया पवित्र सहर नजफकर्बालाको यात्रा गर्छन् । राष्ट्रपति पेजेस्कियनले पनि आफ्नो भ्रमणको क्रममा उक्त तीर्थस्थलको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । पेजेस्कियन कुर्दिश अधिकारीहरूसँग वार्ताका लागि कुर्दिश क्षेत्रीय राजधानी अरबिल पनि जाने योजना रहेको इरानको आधिकारिक इरना समाचार एजेन्सीले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  १ : ४३ बजे

हल्ला होइन, कांग्रेसको जरा बलियो बनाउन जुट्न विश्वप्रकाशको आह्वान

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको परिवर्तित अवस्थामा कांग्रेस

महाशिवरात्रि : पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको भिड

काठमाडौं– महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि देवाधिदेव महादेवको पूजा

स्वास्थ्य बीमामा डिजिटल फड्को : खर्च विवरण अब मोबाइलमै

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितहरूको सहजता, पारदर्शिता र सूचनामा पहुँच

नाइजेरियामा बस-ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ७ जना घाइते

अबुजा– नाइजेरियाको दक्षिण पूर्वी क्षेत्रमा शनिबार साँझ यात्रुवाहक बस र

आठ वर्षपछि निर्देशनमा फर्किँदै रेखा; फिल्ममा दुई मिस नेपाल र नीति

काठमाडौं – नायिका रेखा थापा ८ वर्षपछि निर्देशनमा फर्किने भएकी