एमालेसँग आक्रोशित देवेन्द्र पौडेलको टिप्पणी- शान्तिपक्रिया टुंगिने बेला ‘जनयुद्ध’लाई ’हिंसा’ भन्दै चिच्याए « Khabarhub

एमालेसँग आक्रोशित देवेन्द्र पौडेलको टिप्पणी- शान्तिपक्रिया टुंगिने बेला ‘जनयुद्ध’लाई ’हिंसा’ भन्दै चिच्याए


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले संविधान प्रतिकुल हुने शब्दको प्रयोग नेपालको राजनीतिक आन्दोलन प्रतिको अपमान हुने बताएका छन् ।

सत्तारुढ नेकपा एमालेका सांसदहरूले सशस्त्र द्वन्द्वलाई हिंसा भनेको प्रति आपत्ति जनाउँदै उनले संविधान प्रतिकुल हुने शब्दको प्रयोग कानून, नियम र प्रणालीको विपरित हुने बताएका हुन् ।

‘संविधानसँग नमिल्ने, प्रतिकुल हुने शब्दले नेपालको इतिहासमा एउटा खास कालखण्डमा हामीले अगाडि बढाएको राजनीतिक आन्दोलन प्रतिको अपमान हुन्छ,’ पौडेलले भने, ‘संविधानको विपरित हुन्छ । हामीले बनाएका कानून, नियम र प्रणालीको विपरित हुन्छ । त्यसकारणले यसप्रकारका शव्द, शैली प्रयोग नगर्नका निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु ।’

पौडेलले संक्रमणकालीन न्यायसम्बन्धी कानुन (टीआरसी)लाई १० वटा देशहरूले सम्मान गरिसकेको र अन्तर्राष्ट्रिय समुदायले मान्यता दिइसकेको अवस्थामा एमालेका सांसदहरू हिंसा भनेर सदनमा चिच्याइरहेका टिप्पणी पनि गरे ।

‘१० वटा देशहरूले सम्मान गरिसके टीआरसीलाई । अन्तर्राष्ट्रिय समुदायले मान्यता दिइसक्यो । तर, माननीयज्यूहरूले हिंसा भनेर सदनमा चिच्याइरहनुभएको छ,’ उनले भने, ‘अनुरोध छ, यो प्रकारको विगतलाई बल्झाएर शान्ति प्रक्रियालाई फेरि बिथोल्ने काममा माननीय सदस्यहरूका शब्दहरू प्रयोग नआउन् ।’

उनले माओवादी केन्द्र पनि सहकार्य गरेर आएको दल भएको जिकिर गर्दै सबै आन्दोलनको इतिहास आफूहरूलाई थाहा भएको बताए ।

‘हामी पनि सहकार्य गरेर आएका हौँ । सबै आन्दोलनको इतिहास हामीलाई थाहा छ,’ सांसद पौडेलले भने, ‘सबै आन्दोलनका इतिहासहरू संविधानमा लेखिएका छैनन् । खासखास चरणका आन्दोलनहरूलाई मात्रै शब्दमा संविधानमा व्यक्त गरिएका छन् ।’

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  २ : ४३ बजे

बाँकेको खजुरापिडारी नालामा बहुकोष्ठ कल्भर्ट निर्माण सुरु

जानकी– हुलाकी राजमार्गको नेपालगन्ज–गुलरिया सडक खण्डको बाँकेको पिडारी नालामा पक्की

विशेष महाधिवेशनको ‘काउन्टर’ मा हुने भनिएको युवा भेला स्थगित

काठमाडौं- ​नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् वरिष्ठ पत्रकार होमनाथ दाहालको

रास्वपासँगको एकता भंग भएपछि कुलमानले उज्यालो नेपालको अध्यक्ष पद सम्हाल्दै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भंग भएपछि पूर्वमन्त्री कुलमान घिसिङले

रेशमखेतीको बिस्तारबाट अर्थतन्त्रमा सुधार ल्याउन सकिन्छ : मन्त्री परियार

काठमाडौं– कृषि तथा पशुपन्छीमन्त्री डा. मदनप्रसाद परियारले रेशम उद्योगले ग्रामीण

कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौं–  नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले कठिन परिस्थिति