कोशीको संसदीय समितिमा भागबण्डा टुंगियो « Khabarhub

कोशीको संसदीय समितिमा भागबण्डा टुंगियो


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको संसदीय समितिको सभापतिमा भागबण्डा टुङ्गो लागेको छ ।

कोशी प्रदेशसभाको दोस्रो कार्यकालको २१ महिनापछि शुक्रबार संसदीय समितिको सभापति पाउने छ  । जसअनुसार  सत्तापक्षमा रहेका कांग्रेस र एमालेले बुधबार सात वटा समितिको सभापतिमा भागबण्डा टुंगो लगाएको छन् ।

कांग्रेस र एमालेले ३–३ वटा लिने सहमति भएको छ भने प्रमुख प्रतिपक्ष मोवादी केन्द्रले एयता समितिको सभापति पाउने छ । सातवटा संसदीय समिति रहेको कोशीमा शुक्रबार सभापति छनोट गर्ने कार्यसूची छ । 

कोशी प्रदेश सभामा न्याय प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग पर्यटन तथा वातावरण समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार समिति छन् ।

दुई दलबीच भएको सहमति अनुसार एमालेले उद्योग पर्यटन तथा वातावरण समिति, प्राकृतिक स्रोत तथा पूर्वाधार समिति र न्याय प्रशासन तथा विधायन समितिको नेतृत्व लिनेछ ।  नेपाली कांग्रेसले सुशासन तथा योजना समिति, अर्थ समिति, र सामाजिक विकास समितिको सभापतिको नेतृत्व लिने सहमतिभएको नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । 

 बाँकी सार्वजनिक लेखा समितिको सभापति माओवादी केन्द्रले पाउनेछ । प्रदेशमा माओवादी केन्द्र २, राप्रपा र एकीकृत समाजवादी पार्टीले पनि १–१ समितिको नेतृत्वमा दाबी गरेका थिए । तर सत्तारुढ दुई दलले आन्तरिक भागबन्डा मिलाउने भन्दै  साना दललाई सभापति दिएनन् ।

२०७९ मंसिर ४ गतेको निर्वाचनपछि प्रदेश सभाको पहिलो बैठक २०७९ पुस १७ गते बसेको थियो । २०८० कात्तिक २० गते संसदीय समिति सदस्य छानिएका थिए । सभापति भने बाँकी थियो ।

सभापतिको छनोटका लागि भदौ २८ गते निर्वाचन हुनेछ । प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यसूची अनुसार  बिहीबार उम्मेदवारको मनोनयन दर्ता हुनेछ । दोस्रो प्रदेशसभाको कार्यकाल सुरु भएको झण्डै एक वर्षपछि अर्थात् २०८० कार्तिक २२ गते ज्येष्ठ सदस्यले नेतृत्व गर्ने गरी समिति निर्माण भएको थियो ।

प्रदेशसभामा न्याय, प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग, पर्यटन तथा वातावरण समिति, प्राकृतिक स्रोत तथा पूर्वाधार समिति छन् । ती समितिमा हाल ज्येष्ठ सदस्यहरूले सभापतिको काम गरिरहेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ६ : २९ बजे

प्रचण्डको स्वीकारोक्ति : पद प्राप्तिको होडबाजीले कम्युनिस्टहरूमा विचलन आयो, गल्ती नै यहीँ भयो

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको राष्ट्रिय

डिजिटल हिंसा नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक : मन्त्री वादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

आफैं अध्यक्षबाट हट्नुपर्ने ओली फेरि मच्चाउँदै छन् एमालेमा भाँडभैलो

काठमाडौं- फागुन २१ को चुनावमा धुलिसात हुने गरी धक्का खाएपछि

झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण

भद्रपुर– झापामा आर्थिक वर्ष २०८२-८३ मा विभिन्न स्वास्थ्य संस्थामा उपचारका