बजेट चाँडो पारित गर्न पर्यटन बोर्डको ध्यानाकर्षण « Khabarhub

बजेट चाँडो पारित गर्न पर्यटन बोर्डको ध्यानाकर्षण


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल पर्यटन बोर्डको बजेट चाँडो पारितगरी अन्तर्राष्ट्रिय पर्यटन मेलामा निजी क्षेत्रको सहभागिता सुनिश्चितता गरिनुपर्नेलगायत माग राख्दै नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनले बोर्डको ध्यानाकर्षण गराएको छ ।

सङ्गठनका कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद सापकोटा नेतृत्वको सङ्गठनको टोली आज बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीलाई भेटी बोर्डमार्फत सम्बोधन हुनुपर्ने विभिन्न विषय ध्यानाकर्षण गराएको हो । साथै सङ्गठनले सिइओ जोशीलाई बधाई तथा कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

व्यवसायीको ज्ञापन बुझ्दै सिइओ जोशीले बोर्डको बजेट चाँडो पास गरेर बोर्डका कामलाई गतिशील बनाउन सक्रिय ढङ्गले लाग्ने बताए । उनले निजी क्षेत्रको साथ सहयोग र समन्वयलाई फराकिलो बनाएर पर्यटन प्रवर्द्धनका काममा क्रियाशील हुन सबैमा आह्वान पनि गरे ।

बोर्डले प्राथमिकताका साथ गर्नुपर्ने बुँदागत काम कार्यान्वयनका लागि बोर्डको ध्यानाकर्षण गराइएको सङ्गठनका कार्यवाहक अध्यक्ष सापकोटाले बताए। सङ्गठनले बोर्डको बजेट कार्यान्वयन, विश्वप्रसिद्ध पर्यटन मेलामा बोर्डमार्फत निजी क्षेत्रको सहभागिता, नयाँ पर्यटन बजारको पहिचान र प्रवद्र्धन तथा हवाई टिकट र पदयात्रामा लगाइएको कर हटाउन माग गरेको छ ।

यस्तै पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) को प्रभावकारी व्यवस्थापन, ‘नो ट्रेकिङ विदआउट गाइडरपोर्ट’ यथाशीघ्र लागू गर्नुपर्ने, विश्वबजारमा नेपालको प्रचारप्रसार गर्न बिबिसी, सिएनएनजस्ता प्रसिद्ध सञ्चारमाध्यममा नेपालको प्रचार गरिनुपर्ने, श्रमिक कल्याणकारी कोष कार्यान्वयन र नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सुधारका लागि पर्यटन बोर्डले नेतृत्वदायी भूमिका खेल्नुपर्नेलगायत माग रहेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ९ : ०७ बजे

सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन

काठमाडौं – प्रतिनिधिसभामा गत जेठ १७ गते उत्पन्न परिस्थितिसम्बन्धी अध्ययनका

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं – राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

३ महिनामै टिकटकले हटायो नेपालका १९ लाखभन्दा बढी भिडियो

काठमाडौं – छोटो भिडियो साझेदारी प्लेटफर्म टिकटकले सन् २०२६ को

सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु

कायरो – सुडानमा सर्वसाधारण चढेका सवारीसाधनलाई लक्षित गरी भएका छुट्टाछुट्टै

आजका समाचार : संसद्‌मा नोकझोँक जारी, नयाँ मुख्यसचिव नियुक्त, अर्जेन्टिनाले जितेपछि बढ्यो विवाद र फेरि चर्कियो मध्यपूर्व तनाव

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत सरकारले