काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट नौ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले मोरङ, सुर्खेत, ललितपुर, उदयपुर, धनुषा, दाङ र बार्दियाबाट अवैध लागुऔषधसहित विभिन्न स्थानबाट नौ जनालाई पक्राउ गरेको हो ।
मोरङको विराटनगर महानगरपालिका–१२ रोडषेशबाट एक, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ प्रगतिटोलबाट दुई, ललितपुरको गोदावरी नगरपालिका(१४ बाट एक, उदयपुरको त्रियुगा नगरपालिका–३ बाट दुई, धनुषाको जनकपुर उपमहानगरपालिका–१ बाट एक, दाङको घोराही उपमहानगरपालिका-१४ बाट एक र बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरबाट एक जना पक्राउ परेका प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया