बैतडीका निङ्गलाशैनी र उदयदेव मन्दिरमा राँगा बोकाको बलिसहित जात्रा « Khabarhub

बैतडीका निङ्गलाशैनी र उदयदेव मन्दिरमा राँगा बोकाको बलिसहित जात्रा


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बैतडीको निङ्गलाशैनी भगवती र उदयदेव मन्दिरमा जात्राको रौनक छाएको छ । दशरथचन्द नगरपालिका–२ मा रहेका यी मन्दिरमा  बडादसैँको अवसरमा हरेक वर्ष जात्रा हुने गरेको छ । 

यो वर्ष महाष्टमी र महानवमी एकैदिन परेकाले हिजो र आज जात्रा लागेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका कोषाध्यक्ष एवं मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले महाष्टमी र महानवमी एकै दिन परेको जनाएको छ । 

 निङ्गलाशैनी भगवती मन्दिरमा हरेक वर्ष महाष्टमीका दिन राँगा तथा बोकाको बलिसहित जात्रा हुने गर्दछ । महाष्टमीको अघिल्लो दिन सप्तमीका दिन राँगा मन्दिरमा बाँध्ने चलन छ । जात्राका लागि मन्दिरमा टाढा–टाढाबाट दर्शनार्थीसमेत पुगेका छन् । निङ्गलाशैनी भगवतीको दर्शनका लागि सीमावर्ती भारतीय क्षेत्रबाट दर्शनार्थीहरु आउने गरेका छन् । जात्रालाई व्यवस्थित बनाउनका लागि मेला व्यवस्थापन समितिले स्वयंसेवक खटाउनुका साथै मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ । 

निङ्गलाशैनी भगवती मन्दिरमा वर्षको चारपटक जात्रा लाग्ने गर्दछ । शारदीय नवरात्रमा घटस्थापनादेखि पूजाआजा सुरु भइ सप्तमी र महाष्टमीमा जात्रा लाग्ने गर्दछ । पाटन नगरपालिका–६ स्थित प्रसिद्ध उदयदेव मन्दिरमा पनि महाष्टमी र महानवमीका बताए  । 

उदयदेव मन्दिरमा राँगाको बलिसहित जात्रा हुने गरेको छ । उदयदेव मन्दिरमा लाग्ने जात्रालाई स्थानीय भाषामा मैतडको जात्रा पनि भन्ने गरिन्छ । 

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  १ : ४८ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका