बैतडीका निङ्गलाशैनी र उदयदेव मन्दिरमा राँगा बोकाको बलिसहित जात्रा « Khabarhub

बैतडीका निङ्गलाशैनी र उदयदेव मन्दिरमा राँगा बोकाको बलिसहित जात्रा


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बैतडीको निङ्गलाशैनी भगवती र उदयदेव मन्दिरमा जात्राको रौनक छाएको छ । दशरथचन्द नगरपालिका–२ मा रहेका यी मन्दिरमा  बडादसैँको अवसरमा हरेक वर्ष जात्रा हुने गरेको छ । 

यो वर्ष महाष्टमी र महानवमी एकैदिन परेकाले हिजो र आज जात्रा लागेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका कोषाध्यक्ष एवं मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले महाष्टमी र महानवमी एकै दिन परेको जनाएको छ । 

 निङ्गलाशैनी भगवती मन्दिरमा हरेक वर्ष महाष्टमीका दिन राँगा तथा बोकाको बलिसहित जात्रा हुने गर्दछ । महाष्टमीको अघिल्लो दिन सप्तमीका दिन राँगा मन्दिरमा बाँध्ने चलन छ । जात्राका लागि मन्दिरमा टाढा–टाढाबाट दर्शनार्थीसमेत पुगेका छन् । निङ्गलाशैनी भगवतीको दर्शनका लागि सीमावर्ती भारतीय क्षेत्रबाट दर्शनार्थीहरु आउने गरेका छन् । जात्रालाई व्यवस्थित बनाउनका लागि मेला व्यवस्थापन समितिले स्वयंसेवक खटाउनुका साथै मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ । 

निङ्गलाशैनी भगवती मन्दिरमा वर्षको चारपटक जात्रा लाग्ने गर्दछ । शारदीय नवरात्रमा घटस्थापनादेखि पूजाआजा सुरु भइ सप्तमी र महाष्टमीमा जात्रा लाग्ने गर्दछ । पाटन नगरपालिका–६ स्थित प्रसिद्ध उदयदेव मन्दिरमा पनि महाष्टमी र महानवमीका बताए  । 

उदयदेव मन्दिरमा राँगाको बलिसहित जात्रा हुने गरेको छ । उदयदेव मन्दिरमा लाग्ने जात्रालाई स्थानीय भाषामा मैतडको जात्रा पनि भन्ने गरिन्छ । 

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  १ : ४८ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर