छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि « Khabarhub

 छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

राजविराज– बडादसैँको अवसरमा यहाँको छिन्नमस्ता भगवती मन्दिरमा आज पुष्प वृष्टि गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट छिन्नमस्ता गाउँपालिका–३ सखडा स्थित उक्त मन्दिरमा पुष्प वृष्टि गरिएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए। 

पहिलो पटक आज छिन्नमस्ता गाउँपालिकाको आग्रहमा नेपाली सेनाको हेलिकप्टरमार्फत पुष्पवृष्टि गरिएको उनले बताए। 

‘धार्मिक आस्था र मातृ शक्तिप्रति श्रद्धा व्यक्त गर्दै, छिन्नमस्ताको अद्भूत शक्तिको सम्मानस्वरूप पहिलो पटक हामीले अष्टमीको दिने पुष्प वृष्टि गर्दा यहाँका भक्तजन र यस क्षेत्रका स्थानीयवासी खुशी भएका छन्’, अध्यक्ष चौधरीले भने । 

राजविराजदेखि १० किलोमिटर दक्षिणमा पर्ने छिन्नमस्ता गाउँपालिकास्थित ठूलोपोखरीको उत्तरी डिलमा अवस्थित छिन्नमस्ता मुलुकका प्रमुख ५१ शक्तिपीठमध्ये एक मानिन्छ । यस मन्दिरमा बडा दसैँमा मेलासमेत लाग्ने गरेको  मन्दिरको पीठाधीस महानन्द ठाकुरले बताए। उनकाअनुसार यस मन्दिरमा भाकल पूरा भएपछि लड्डु र बोका चढाउने परम्परा छ । 

त्यसैगरी यहाँको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कङ्कालिनी मन्दिरसमेतमा आजै नेपाली सेनाको हेलिकप्टरमार्फत पुष्प वृष्टि गरिएको छ । विगत दुई वर्षदेखि बडा दसैँको महानवमीका दिन यहाँ हेलिकप्टरमार्फत पुष्प वृष्टि गराउन थालिएको हो ।  

कङ्कालिनी मन्दिरमा दसैँको नवमी तिथिका दिन यस मन्दिरमा राँगो बली दिने चलन छ । हालसम्म छ सय २१ वटा राँगो यहाँ बली दिइएको मन्दिर विकास समितिले जनाएको छ । यहाँ पनि आज ठुलो मेला लागेको छ । 

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ५ : २० बजे

त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु

काठमाडौँ– काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी