दसैँ, तिहार र छठमा पाँच करोडको फूल किनबेच « Khabarhub

दसैँ, तिहार र छठमा पाँच करोडको फूल किनबेच


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – यस वर्षको बडादसैँ, तिहार तथा छठ पर्वमा जनकपुरलगायतका मधेसका बजार क्षेत्रमा पाँच करोड मूल्य बराबरका फूल तथा फूलमालाको किनबेच भएको छ। गत वर्षको सोही अवधिमा करिब तीन करोड ५० लाख मूल्यबराबरको फूल किनबेच भएको थियो।

गतवर्षको तुलनामा यस वर्ष फूलको कारोबार वृद्धि भएको फूलको थोक व्यापारी जेके फ्लावर एन्ड गिफ्ट हाउस जनकपुरका सञ्चालक जितेन्द्रकुमार भण्डारीले बताउनुभयो।

उक्त परिमाणमा फूल किनबेच जनकपुर, जलेश्वर, लहान, राजविराज, लालबन्दी, मलङ्गवा, हरिऔन, चन्द्रनिगाहपुर तथा गौरको आसपासका बजारमा भएको हो।

भण्डारीका अनुसार यस वर्ष बजार मागको ९५ प्रतिशतभन्दा बढी फूलमाला आन्तरिक उत्पादन र पाँच प्रतिशतभन्दा कम भारतबाट आयात भएको थियो।

विगतमा भारतको पटना तथा कलकताबाट फूल तथा माला आयात हुने गथ्र्यो। यस वर्ष सरकारले आयातमा कडाइ गरेपछि आन्तरिक उत्पादनका फूलमाला बिक्री भएको उहाँको भनाइ छ।

जनकपुर बजार क्षेत्रमा फूल व्यापारी २० जना छन् भने करिब दुई सय किसान फूल खेतीमा लागेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

धनुषामा करिब ५० बिघा क्षेत्रफलमा गोदावरी फूलको व्यावसायिक खेती हुने गरेको छ। देपुरा, रुपैठा, फूलगामा, परवाहा, ढल्केबर लगायतका ग्रामीण व्यावसायिक फूल खेती हुने गरेको छ।

कहिलेकाहीँ प्रतिकूल मौसमका कारण फूल बिग्रिने गरेको जनकपुर घर भई काठमाडौँ गौशालामा थोक व्यापार गर्दै आउनुभएका ७० वर्षीय रामदयाल माली भण्डारीले बताए। स्थानीय खुद्रा व्यवसायी रामजीवन भण्डारीले यस वर्ष २० लाखको फूल बिक्री गरेको बताउँछन्।

नेपालमा खासगरी पाँच प्रजातिको सयपत्री फूल पाउने भए पनि कलकतिया तथा पटनिया प्रजातिका सयपत्रीफूल अत्यधिक बिक्री हुने व्यापारी तथा किसानहरु बताउँछन्। फूल खेतीका लागि प्रचुर सम्भावना भएकाले स्थानीय सरकारले यसको विकासमा जोड दिनुपर्ने फूल व्यवसायीको भनाइ छ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ६ : ०३ बजे

भारतको सहयोगमा झापामा विद्यालय भवन निर्माण सुरू 

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा झापाको शिवसताक्षी नगरपालिका–६ स्थित श्री

रासायनिक मल वितरणमा अनियमितता रोक्न मन्त्रीबाटै निगरानी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक मल

मन्त्रिपरिषदको बैठक जारी

काठमाडौं- मन्त्रिपरिषद्को नियमित बैठक जारी छ । मन्त्रिपरिषद्को नियमित बैठक

भारतसँग रणनीतिक साझेदारी र आर्थिक सहकार्य विस्तारमा जापानको जोड

नयाँदिल्ली- जापानकी प्रधानमन्त्री साने ताकाइचीले भारतसँगको रणनीतिक साझेदारी, आर्थिक सुरक्षा, लगानी

निधि निवासमा कांग्रेसका तीन नेता छलफलमा

काठमाडौं- नेपाली कांग्रेसमा चुलिँदो तनावबीच तीन नेताहरु एक ठाउँमा भेला