शंखधर साख्वाबाट प्रेरणा लिनुपर्छ : उपप्रधानमन्त्री सिंह « Khabarhub

शंखधर साख्वाबाट प्रेरणा लिनुपर्छ : उपप्रधानमन्त्री सिंह


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले राष्ट्रिय विभूति एवं नेपाल संवतका प्रवर्तक शंखधर साख्वाबाट नेपाली समाजले प्रेरणा लिनुपर्ने बताएका छन् ।

शंखधर साख्वा दिवसका अवसरमा नेपाल संवत् न्हू दँ राष्ट्रिय समारोह समितिले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले साख्वाले तत्कालिन नेपाली समाजमा सामाजिक सुधारकका रुपमा अतुलनीय योगदान गरेको बताए। साख्वा सामाजिक न्यायका पक्षपाती रहेको पनि सिंहले बताए।

‘शंखधर साख्वाले सबैलाई ऋण मुक्त गरेर नेपाल संवत्को सुरुवात गरेका थिए । यो समय परिवर्तन हुँदै गए पनि शंखधर साख्वा प्रतिको हाम्रो भावना कहिले परिवर्तन हुँदैन। समाज, दाजुभाइ दिदीबहिनी, समुदायमा कसैलाई दुख पर्यो भने सबैलाई सहयोग गर्नुपर्छ भन्ने भावना उनले सिकाएको छ। त्यो भावना हामीसँग अहिलेको वर्तमान अवस्थामा पनि अझै बढ्दै गएको छ,’ उपप्रधानमन्त्री सिंहले भने।

यस्तै, उनले  साख्वालाई मन्त्रिपरिषद्को बैठकबाट राष्ट्रिय विभूति घोषणा गरेको भन्दै त्यो मन्त्रिपरिषद्को बैठकमा आफू पनि सामेल हुन पाउँदा खुसी लागेको बताउँदै संस्कृती, परम्परा र भाषाको संरक्षण गर्नको लागि जति सक्दो प्रयास गर्ने पनि सिंहले बताए ।

साख्वाको योगदानको मूल्यांकन गर्दै तत्कालीन प्रधानमन्त्री नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले ०५६ सालमा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको पनि सिंहले स्मरण गरे। 

२०६५ कात्तिक ७ गतेबाट साख्वाले प्रवर्तन गरेको नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गरिएको छ । लखुतीर्थबाट ल्याइएको बालुवा सुनमा परिणत भएपछि राष्ट्रिय विभूति शंखधरले जनताको ऋणमोचन गरेको इतिहास रहेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  १२ : ४९ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि