श्रम स्वीकृति भएका नेपालीलाई भारतबाट अर्को देश जाँदा एनओसी नचाहिने « Khabarhub

श्रम स्वीकृति भएका नेपालीलाई भारतबाट अर्को देश जाँदा एनओसी नचाहिने


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थलको प्रयोग गरेर विदेश जादा नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने भएको छ ।

दिल्लीस्थित नेपाली राजदूतावासले साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, ओमान, बहराइन, इराक, लिबिया र लेबनान जस्ता देशमा जाँदा एनओसी लिनुपर्ने तर वैदेशिक श्रम स्वीकृति लिएका नेपाली नागरिकलाई एनओसी आवश्यक नरहेको जनाएको हो ।

त्यसैगरी, नेपाली कूटनीतिक/आधिकारिक/सेवा राहदानी धारकहरू, संयुक्त राष्ट्र संघ लायसेज-पासर (यूएनएलपी) भएका नेपाली नागरिकहरू र १६ वर्षमुनिका नेपाली नाबालिगहरूलाई पनि एनओसी आवश्यक नपर्ने दूतावासले जनाएको छ ।

त्यसैगरी अमेरिका, बेलायत तथा सेनजेन मुलुकको भिसा भएका नेपाली नागरिकलाई पनि एनओसी आवश्यक नपर्ने दूतावासले जानकारी दिएको छ ।

त्यस्तै रुस सरकारबाट छात्रवृत्ति प्राप्त गर्ने र व्यावसायिक भिसा हुनेबाहेक रसिया जाने यात्रुले भने दूतावास वा नेपालको कन्सुलर सेवा विभागबाट एनओसी प्राप्त गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  १ : ४८ बजे

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथि छलफल

काठमाडौं– विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको प्रतिनिधिसभा बैठकमा छलफल

स्वास्थ्य क्षेत्रमा सहकार्य विस्तारबारे मन्त्री मेहता र कोरियाली राजदूतबीच छलफल

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका

टुँडिखेलमा दुबो रोप्ने काम तीव्र (तस्बिरहरू)

काठमाडौं- राजधानीको ऐतिहासिक तथा प्रमुख खुला सार्वजनिक क्षेत्र टुँडिखेलमा हरियाली

अझै निको भएनन् नेयमार, नकआउट चरणसम्म ब्राजिलको टोलीमा फर्किने सम्भावना कमजोर

न्यूयोर्क- ब्राजिलका स्टार फरवार्ड नेयमारले जारी विश्वकपको नकआउट चरणका खेल

होर्मुजमा सेना पठाउने विषयमा जापान अझै अन्योलमा

एजेन्सी– अमेरिका–इरान शान्ति सम्झौता पछि स्ट्रेट अफ होर्मुज मार्फत ढुवानी