टुकुचा छोपेर बनाइँदै कमलादीमा भासिएको सडक (तस्बिरहरू) | Khabarhub Khabarhub

टुकुचा छोपेर बनाइँदै कमलादीमा भासिएको सडक (तस्बिरहरू)


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं कमलादीस्थित टुकुचा खोलामा भासिएको सडकको निर्माण कार्य धमाधम भइरहेको छ । काठमाडौं महानगरपालिकाको कार्यालय रहेको काठमाडौं प्लाजाछेउको उक्त सडक गत साउनमा भासिएको थियो।

काठमाडौं प्लाजादेखि उत्तरतर्फ दरबारमार्गस्थित महेन्द्र शालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने एकतर्फी सडक भासिएको थियो।

टुकुचा खोला देखिनेगरि भ्वाङ परेको स्थानमा अहिले सडक विभागले पुनर्निर्माण थालेको हो। भत्किएको तीन महिनापछि मात्रै उक्त सडक बनाउन थालिएको हो । सडक बनाएपछि टुकुचा खोलो पुरानै अवस्थामा पुरिनेछ ।

सडक विभागले दुई महिनामा काम सक्ने गरी डीजी प्रकाश कन्स्ट्रक्सनलाई सो सडक बनाउने जिम्मा दिएको छ।  

 

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  २ : १३ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका