लिन्डेको अलराउण्ड प्रदर्शनमा पाकिस्तानविरुद्ध दक्षिण अफ्रिकाको रोचक जित « Khabarhub

लिन्डेको अलराउण्ड प्रदर्शनमा पाकिस्तानविरुद्ध दक्षिण अफ्रिकाको रोचक जित


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

सउथ अफ्रिका – जर्ज लिन्डेको अलराउण्ड प्रदर्शनको सहयोगमा दक्षिण अफ्रिकाले पाकिस्तानविरुद्धको पहिलो टी-२० मा ११ रनको जित हात पारेको छ। सिरिजका लागि दक्षिण अफ्रिका भ्रमणमा रहेको पाकिस्तान पहिलो खेलमा पराजित भएको हो।

१८४ रनको लक्ष्य पाएको पाकिस्तान ८ विकेटको क्षतिमा १७२ रनमा सीमित भएको हो। पाकिस्तानका कप्तान मोहम्मद रिजवानले ६२ बलमा ७४ रन जोडे पनि अन्य ब्याट्सम्यानले ठोस योगदान गर्न सकेनन्।

प्रारम्भिक ब्याट्सम्यानको रूपमा आएका रिजवान अन्तिम ओभरको दोस्रो बलमा क्वेजा मापाखाको बलमा आउट भएका थिए। सायीम अयुबले भने १५ बलमा ३१ रन जोडे। उनलाई एन्डी साइमलेनले आउट गरे। मपाखाले बाबर आजमसहित दुई विकेट लिए। उनले चार ओभरमा ३९ रन खर्चिए।

खेलमा नायक भएका लिन्डेले चार ओभरमा २१ रन खर्चेर चारै विकेट हात पारे। यसअघि सातौँ क्रममा ब्याटिङ गरेका उनले २४ बलमा ४८ रन समेत प्रहार गरेका थिए। उनी पारीको अन्तिम बलमा सुफाया मकिमको बलमा छक्का प्रहार गर्ने प्रयासमा आउट भएका थिए। उनले तीन चौका र चार छक्का प्रहार गरे। टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाउँदै १८३ रनको योगफल खडा गरेको हो दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले ४० बलमा ८२ रनको योगदान गरे। उनले ४ चौका र ८ छक्का प्रहार गरे। दक्षिण अफ्रिकाले २८ रनमा ३ शीर्ष ब्याट्सम्यानलाई गुमाइसकेको थियो।

पाकिस्तानका सहिन साह अफ्रिदीले चार ओभरमा २२ रन खर्चेर ३ विकेट लिए भने अब्रर अहमदले चार ओभरमा ३७ रन खर्चेर तीन विकेट हात पारे। अब्बास अफ्रिदीले दुई विकेट लिए। मकिमले अन्तिम बलमा विकेट लिए पनि चार ओभरमा ५३ रन खर्चिए। मकिमको अन्तिम ओभरमा नै लिन्डेले तीन छक्का प्रहार गरेका थिए।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ६ : २६ बजे

भाषाविद् डा. विमलको राजकीय सम्मानका साथ अन्त्येष्टि

जनकपुरधाम – साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद

पोखरामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

पोखरा- पोखरामा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपाल ‘प्याक्स सिलिका’मा सहभागी भएको हो कि होइन सरकारले प्रस्ट पारोस् : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री

विद्युत् विभागसमक्ष इप्पानका १३ बुँदे माग

काठमाडौं । विद्युत् विकास विभागका नवनियुक्त महानिर्देशक सागरराज गौतमले विद्युत्

गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ