सुदूरपश्चिमका हर्मित : जसले जनकपुरविरुद्ध गरे एनपीएलकै उत्कृष्ट बलिङ « Khabarhub

सुदूरपश्चिमका हर्मित : जसले जनकपुरविरुद्ध गरे एनपीएलकै उत्कृष्ट बलिङ


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सको अपराजित यात्रालाई सुदूरपश्चिम रोयल्सले ब्रेक लगाएको छ ।

प्रतियोगितामा अपराजित यात्रामा रहेको जनकपुरले पहिलो पटक हार चाखेको हो ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले जनकपुरविरुद्ध फितलो ब्याटिङ गरेको थियो । सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जारी प्रतियोगितमा सुदूरपश्चिमले बनाएको सबैभन्दा कम रन हो । चितवन राइनोजसँग एक मात्रै हारमा पनि सुदूरपश्चिमले १३१ रन बनाएको थियो ।

फितलो ब्याटिङ गरेको सुदूरपश्चिमले उत्कृष्ट बलिङ गर्दै जनकपुरविरुद्ध जित हात परेको हो । सुदूरपश्चिमको बलको सामना गरेको जकपुर १२ दशमलव १ ओभरै ५१ रनको अवस्थामा प्याक भयो ।

जनकपुरले बनाएको ५१ रन प्रतियोगितामा सबैभन्दा कम हो । यसअघि पोखरा एभेन्जर्सले चितवनविरुद्ध सबैभन्दा कम ७४ रन जोडेको थियो ।

हर्मितको उत्कृष्ट बलिङ

अमेरिकाका अलराउन्डरसमेत रहेका हर्मितले जनकपुरविरुद्ध उत्कृष्ट बलिङ गरे  । बुधबारकाे पहिलो खेलमा उनले जनकपुरसँगको खेलमा २ ओभर मेडन फ्याँके । जारी प्रतियोगितमा दुई ओभर मेडन फ्याँक्ने उनी पहिलो बलर हुन् ।

त्यस्तै, एक खेलको हकमा हर्मित प्रतियोगिताकै सबैभन्दा कम खर्चालु बलर पनि हुन् । उनले चार ओभर बलिङ गर्दा २ मेडन फ्याँके भने २ विकेट लिँदा  २ रन मात्र खर्चिए ।

हर्मित यही साता मात्रै एनपीएलका लागि नेपाल आइपुगेका हुन् । सुदूरपश्चिमको यसअघिको खेलमा उनी थिएनन् । यस टोलीबाट उनले पहिलो खेल जनकपुरसँग खेलेका हुन् ।

बुधबारको दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्धको खेलमा सुदूरपश्चिमका दीपेश कँडेलको बलिङ पनि उत्कृष्ट रह्यो । हर्मितपछि एक खेलमा सबैभन्दा कम रन खर्चिने बलर दीपेश हुन् । उनले  ४ ओभर बलिङ गर्दा ३ विकेट लिए भने ६ रन मात्रै खर्चिए ।

यसअघि एक खेलमा ४ ओभर बलिङ गर्ने कम खर्चालु बलर कर्णालीका याक्सका जिशान मकसुद थिए । पोखराविरुद्धको खेलमा विकेटविहीन रहेका उनले ११ रन मात्रै खर्चिएका थिए । उनले मेडन पनि फ्याँकेका थिएनन् ।

एक खेलमा ३ ओभर बलिङ गरेका कम खर्चालु बलर चितवन राइनोजका सोहल तनवीर हुन् । पोखराविरुद्धको खेलमा ३ ओभर बलिङ गर्दा उनले ३ विकेट लिएर ६ रन खर्चिएका थिए । उनले १ ओभर मेडन पनि फ्याँकेका थिए ।

त्यस्तै, एकै खेलमा सबैभन्दा बढी विकेट लिने कर्णालीका विलियम बिसिस्टो हुन् । पोखराविरुद्धको खेलमा ४ ओभर बलिङ गर्दा उनले ६ विकेट लिएका थिए भने २८ रन खर्चिएका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ८ : १८ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद