लगालग विकेट गएपछि सुरूमै दबाबमा काठमाडौं « Khabarhub

एनपीएल

लगालग विकेट गएपछि सुरूमै दबाबमा काठमाडौं


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- नेपाल प्रिमियर लिग (एनपीएल)  अन्तर्गत बुधबार भइरहेको दोस्रो खेलमा काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स भिडिरहेका छन् ।

त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित खेल मैदानमा पहिले ब्याटिङमा गएको काठमाडौंले सुरुवातमै ओपनरसहित चार विकेट गुमाएको छ ।

काठमाडौंका ओ‌पनर स्टेफन इस्किन्जाई १३ र अर्का ओपरन मिचेल लेभिट शून्यमै आउट भएका हुन् । अर्कातिर चौथो क्रमका जेर्राड इरास्मस पनि ४ बलमा १ रन मात्रै बनाएको अवस्थामा पवेलियन फर्किएका छन् ।

सुरुवातमै दुवै ओपनरसहित ४ विकेट गुमाएपछि काठमाडौं दबाबमा परेको छ । त्यसैगरि सुमित महर्जन पनि ४ बलमा ४ रन बनाउँदै आउट भएका छन् ।

चार विकेट गुमाएपछि दबाबमा परेको काठमाडौंका लागि अहिले डान डौथेवेट र भीम सार्की क्रिजमा छन् ।

ताजा अवस्थामा काठमाडौंले ६ ओभरमा ४ विकेट गुमाउँदै २३ रन मात्रै बनाउन सफल भएको छ।

काठमाडौं गुर्खाज

करण केसी – मार्की, शाहब आलम, भीम सार्की, रसिद खान, शंकर राना, दिपेशप्रसाद कँडेल, सुमित महर्जन, कृष्ण कार्की, विवेक केसी, प्रतीक श्रेष्ठ, राजु रिजाल, नेथन सोउटर (इंग्ल्यान्ड), स्टेफन इस्किनाजी (इंग्ल्यान्ड), ड्यान डौथवेट (इंग्ल्यान्ड), माइकल लेभिट (नेदरल्यान्ड्स), जेहार्ड एरासमस (नामिबिया), कृष कार्की (आइकोनिक)।

लुम्बिनी लायन्स

रोहित कुमार पौडेल– मार्की, सूर्य तामाङ, विवेक यादव, सन्दीप जोरा, आशुतोष घिरैया, तिलकराज भण्डारी, दुर्गेश गुप्ता, अर्जुन साउद, दिनेश अधिकारी, अभिषेश गौतम, विकाश अग्री, बेन कटिङ (अस्ट्रेलिया), उन्मुक्त चन्द (अमेरिका), टम मूर्स (इंग्ल्यान्ड), रेमन सिमन्ड्स (वेस्ट इन्डिज), शाद बिन जफर (क्यानडा), आरिफ शान (आइकोनिक)।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  १ : ३० बजे

कसरी टर्‍यो मेसी र रोनाल्डोबीचको क्वार्टरफाइनलमा हुन सक्ने भेट ?

काठमाडौँ – फुटबल इतिहासकै दुई महान् खेलाडी लियोनेल मेसी र

सिन्धुलीको मरिणमा परम्परागत रोपाइँ (तस्बिरहरू)

सिन्धुली– सिन्धुलीको मरिण गाउँपालिकामा २० हल गोरु र रांगा जोतेर

थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक

दाङ– लुम्बिनी प्रदेश सरकारले थारू समुदायको आदिमकालीन प्रथा, परम्परा र

दही–चिउरा खाने पर्व असार १५ : भक्तपुरमा ‘जुजु धौ’ उत्पादनमा व्यस्त व्यवसायी (तस्बिरहरू)

भक्तपुर– दही–चिउरा खाने पर्वका रूपमा मनाइने असार १५ को अवसरमा

८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट

चितवन– भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उत्कृष्ट भएको