४ विकेट गुमेपछि संकटमा काठमाडौं, जफरले एकै ओभरमा दिए दोहोरो झट्का « Khabarhub

४ विकेट गुमेपछि संकटमा काठमाडौं, जफरले एकै ओभरमा दिए दोहोरो झट्का


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गरिरहेको काठमाडौं गुर्खाज संकटमा परेको छ ।

कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको काठमाडौंले ५ दशमलव ५ ओभरमा ४ विकेट गुमाएको हो ।

५ ओभरमा लुम्बिनीका साद बिन जफरले काठमाडौंको २ विकेट लिएका हुन् । जफरले ५ ओभरको पहिलो बलमा गेर्हार्ड इरास्मसलाई सन्दीप जोरामार्फत क्याच आउट गराएका हुन् ।

५ ओभरको पाँचौं बलमा उनले सुमित महर्जनलाई एलबीडब्ल्यू आउट गराएका हुन् ।

त्यसअघि, पहिलो विकेटको रुपमा काठमाडौंका माइकल लिभर्ट पहिलो ओभरको तेस्रो बलमै आउट भएका हुन् । उनलाई खाता नदिइ लुम्बिनीका रामोन सिमन्ड्स पवेलियन फर्काएका हुन् ।

अर्का ओपनर स्टिफन एस्किनाजी केबल १३ रन बनाएर पवेलिएन फर्किए । १६ बल टिकेर २ चौकाको सहयोगमा १० रन मात्रै बनाए उनलाई काठमाडौंका अभिनाश गौतमले आउट गराए ।

अहिले क्रिजमा भीम सार्की र डान डौथवेट छन् । काठमाडौं १० ओभरमा ४ विकेट गुमाउँदै ४२ रनको संकटपूर्ण अवस्थामा छ ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  १ : ४० बजे

जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेनजी सहिद परिवारको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी

कांग्रेस विधान मस्यौदा समितिमा थप चार सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसले विधान मस्यौदा समितिमा चार जना सदस्य र

मनाङ समाज सेवा समितिले बाढीपीडितलाई दियो ३५ लाख

काठमाडौं । मनाङ समाज सेवा समितिले भोटेकोसी बाढीपीडितलाई ३५ लाख

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब संकलन

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा करिब १२ अर्ब रुपैयाँ