४ विकेट गुमेपछि संकटमा काठमाडौं, जफरले एकै ओभरमा दिए दोहोरो झट्का « Khabarhub

४ विकेट गुमेपछि संकटमा काठमाडौं, जफरले एकै ओभरमा दिए दोहोरो झट्का


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गरिरहेको काठमाडौं गुर्खाज संकटमा परेको छ ।

कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको काठमाडौंले ५ दशमलव ५ ओभरमा ४ विकेट गुमाएको हो ।

५ ओभरमा लुम्बिनीका साद बिन जफरले काठमाडौंको २ विकेट लिएका हुन् । जफरले ५ ओभरको पहिलो बलमा गेर्हार्ड इरास्मसलाई सन्दीप जोरामार्फत क्याच आउट गराएका हुन् ।

५ ओभरको पाँचौं बलमा उनले सुमित महर्जनलाई एलबीडब्ल्यू आउट गराएका हुन् ।

त्यसअघि, पहिलो विकेटको रुपमा काठमाडौंका माइकल लिभर्ट पहिलो ओभरको तेस्रो बलमै आउट भएका हुन् । उनलाई खाता नदिइ लुम्बिनीका रामोन सिमन्ड्स पवेलियन फर्काएका हुन् ।

अर्का ओपनर स्टिफन एस्किनाजी केबल १३ रन बनाएर पवेलिएन फर्किए । १६ बल टिकेर २ चौकाको सहयोगमा १० रन मात्रै बनाए उनलाई काठमाडौंका अभिनाश गौतमले आउट गराए ।

अहिले क्रिजमा भीम सार्की र डान डौथवेट छन् । काठमाडौं १० ओभरमा ४ विकेट गुमाउँदै ४२ रनको संकटपूर्ण अवस्थामा छ ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  १ : ४० बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली