जनसङ्ख्या नीति मुख्य प्राथमिकतामा राख्नुपर्छ : स्वास्थ्यमन्त्री  « Khabarhub

जनसङ्ख्या नीति मुख्य प्राथमिकतामा राख्नुपर्छ : स्वास्थ्यमन्त्री 


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जनसङ्ख्या नीतिले नै सम्पूर्ण योजनाको आधार निर्माण गर्ने बताएका छन् ।

बुधबार राष्ट्रिय जनसङ्ख्या नीति मस्यौदा सम्बन्धमा सरोकारवालाहरूसँग छलफल कार्यक्रममा बोल्दै मन्त्री पौडेलले जनसङ्ख्या प्राथमिकतामा मात्र नभई प्रमुख प्राथमिकतामा पर्नुपर्ने बताए ।

उनले भने, ‘खासगरी जनसङ्ख्या नीतिले नै सम्पूर्ण योजनाको आधार निर्माण गर्छ । त्यसैले जनसङ्ख्या प्राथमिकता होइन प्रमुख प्राथमिकतामा पर्नुपर्ने विषय हो । स्वास्थ्य तथा जनसङ्ख्या भन्दा त ५० प्रतिशत स्वास्थ्य र ५० प्रतिशत जनसङ्ख्या बुझ्नुपर्ने हो । तर हाम्रो मन्त्रालयमा जम्मा ११ जना विभागमा हुनुहुन्छ । ११ जना पनि खासै विज्ञ लिने त्यसको अतिरिक्त योग्यतामा भएका मात्र राख्ने भन्ने छैन ।’

साथै उनले नेपालको सबै जनसङ्ख्या सम्बन्धी काम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्नुपर्ने हो या स्वास्थ्यसँग जोडिने तर जनसङ्ख्याको विषयको काममात्र गर्नुपर्ने हो यो छुट्टाउन आवश्यक रहेको बताए ।

उनले नेपालको सबै जनसङ्ख्याको काम तथ्यांक विभागले गर्नुपर्ने र त्यसमा विश्वविद्यालयका डिपाटमेण्टहरू जोडिनुपर्ने, राज्यका जति पनि जनसङ्ख्या सम्बन्धी मेकानिजम छ त्यो सबै एक ठाउँमा जोडिनुपर्ने बताए ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  २ : ०२ बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न