राष्ट्रिय फोटो पत्रकार समूहद्वारा चीनमा फोटो प्रदर्शनी « Khabarhub

राष्ट्रिय फोटो पत्रकार समूहद्वारा चीनमा फोटो प्रदर्शनी


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चीन । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले चीनमा फोटो प्रदर्शनी आयोजना गरेको छ ।

चीनको विन्जाओ फोटोग्राफर एसोसिएसन, चिनियाँ पर्यटन फोटोग्राफर सु छ्यो तथा नेपाल चीनमैत्री सङ्घको सहकार्यमा हिमशृङ्खलामाथिको उडानले भरिएको नेपाल (सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल) फोटो प्रदर्शनी आजदेखि सुरु भएको हो ।

उक्त फोटो प्रदर्शनीमा नेपालका विभिन्न मिडियामा काम गरिरहेका फोटा पत्रकारले खिचेका मनमोहक पर्यटन क्षेत्र, कला संस्कृति, जीवनशैली तथा विविधता झल्काउने करिब एक सय तस्बिर सान्तोङ प्रान्तका विभिन्न सहरहरूमा एक महिनासम्म प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।

प्रदर्शनीका लागि राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)का केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको अध्यक्षतामा १४ सदस्यीय टोली चीनको सान्तोङ प्रान्त आइपुगेको हो ।

उक्त प्रदर्शनीको सुरुवात सान्तोङ प्रोभिन्सका पूर्वउपप्रचारमन्त्री ह्वाङ्जी चुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सो कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) र विन्जाओ फोटोग्राफर एसोसियसनबीच सांस्कृतिक तथा व्यावसायीक फोटोग्राफी सहकार्य गर्ने सम्झौता आदानप्रदान गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै विन्जाओका परराष्ट्रमामिला निर्देशक पाइमिइले फोटोग्राफीमार्फत नेपाल चीनको मैत्री सम्बन्ध बलियो बनाउनुका साथै चीनको ‘वान बेल्ट वान रोड’को अवधारणालाई पनि सहयोग पुग्ने बताए ।

एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तले सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्त्वपूर्ण सान्तोङ प्रान्तमा नेपालको मनमोहक फोटोहरू प्रदर्शनी गर्न पाउँदा खुसी लागेको बताए । उनले फोटो प्रदर्शनीका माध्यमबाट दुई देशबीचको सम्बन्ध थप सुमधुर बन्नुका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ८ : २३ बजे

कसरी टर्‍यो मेसी र रोनाल्डोबीचको क्वार्टरफाइनलमा हुन सक्ने भेट ?

काठमाडौँ – फुटबल इतिहासकै दुई महान् खेलाडी लियोनेल मेसी र

सिन्धुलीको मरिणमा परम्परागत रोपाइँ (तस्बिरहरू)

सिन्धुली– सिन्धुलीको मरिण गाउँपालिकामा २० हल गोरु र रांगा जोतेर

थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक

दाङ– लुम्बिनी प्रदेश सरकारले थारू समुदायको आदिमकालीन प्रथा, परम्परा र

दही–चिउरा खाने पर्व असार १५ : भक्तपुरमा ‘जुजु धौ’ उत्पादनमा व्यस्त व्यवसायी (तस्बिरहरू)

भक्तपुर– दही–चिउरा खाने पर्वका रूपमा मनाइने असार १५ को अवसरमा

८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट

चितवन– भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उत्कृष्ट भएको