राष्ट्रिय फोटो पत्रकार समूहद्वारा चीनमा फोटो प्रदर्शनी | Khabarhub Khabarhub

राष्ट्रिय फोटो पत्रकार समूहद्वारा चीनमा फोटो प्रदर्शनी


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चीन । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले चीनमा फोटो प्रदर्शनी आयोजना गरेको छ ।

चीनको विन्जाओ फोटोग्राफर एसोसिएसन, चिनियाँ पर्यटन फोटोग्राफर सु छ्यो तथा नेपाल चीनमैत्री सङ्घको सहकार्यमा हिमशृङ्खलामाथिको उडानले भरिएको नेपाल (सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल) फोटो प्रदर्शनी आजदेखि सुरु भएको हो ।

उक्त फोटो प्रदर्शनीमा नेपालका विभिन्न मिडियामा काम गरिरहेका फोटा पत्रकारले खिचेका मनमोहक पर्यटन क्षेत्र, कला संस्कृति, जीवनशैली तथा विविधता झल्काउने करिब एक सय तस्बिर सान्तोङ प्रान्तका विभिन्न सहरहरूमा एक महिनासम्म प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।

प्रदर्शनीका लागि राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)का केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको अध्यक्षतामा १४ सदस्यीय टोली चीनको सान्तोङ प्रान्त आइपुगेको हो ।

उक्त प्रदर्शनीको सुरुवात सान्तोङ प्रोभिन्सका पूर्वउपप्रचारमन्त्री ह्वाङ्जी चुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सो कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) र विन्जाओ फोटोग्राफर एसोसियसनबीच सांस्कृतिक तथा व्यावसायीक फोटोग्राफी सहकार्य गर्ने सम्झौता आदानप्रदान गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै विन्जाओका परराष्ट्रमामिला निर्देशक पाइमिइले फोटोग्राफीमार्फत नेपाल चीनको मैत्री सम्बन्ध बलियो बनाउनुका साथै चीनको ‘वान बेल्ट वान रोड’को अवधारणालाई पनि सहयोग पुग्ने बताए ।

एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तले सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्त्वपूर्ण सान्तोङ प्रान्तमा नेपालको मनमोहक फोटोहरू प्रदर्शनी गर्न पाउँदा खुसी लागेको बताए । उनले फोटो प्रदर्शनीका माध्यमबाट दुई देशबीचको सम्बन्ध थप सुमधुर बन्नुका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ८ : २३ बजे

एमाले मोरङको कार्यालयमा पूर्वराष्ट्रपति भण्डारी, जिल्ला अध्यक्षसहितले गरे स्वागत

विराटनगर– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले मोरङ जिल्ला कमिटीको कार्यालयमा पुगेकी

जापानीज इन्सेफ्लाईटिसबाट चितवनमा तीन जनाको मृत्यु

चितवन–  जिल्लाका तीन जनाले जापानीज इन्सेफ्लाईटिसबाट ज्यान गुमाएका छन् ।

एनएमबि बैंकको नयाँ अटो लोन योजना, ७‍.१३% ब्याजदरमा व्यक्तिगत सवारी साधन

काठमाडौं– एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र चाडपर्वलाई लक्षित

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

खलङ्गा– सडकमाथिबाट खसेको पहिरोले महाकाली राजमार्गअन्तर्गत खलङ्गा–गोकुलेश्वरखण्ड अवरुद्ध भएको छ

गौर घटनाका सन्दर्भमा अध्ययन गर्न बाटो खुल्यो

काठमाडौं– सर्वोच्च अदालतले रौतहटको गौरमा २०६३ चैत ७ गते भएको