नङ किन फुल्छ ? « Khabarhub

नङ किन फुल्छ ?


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

मानिसका हात तथा औँलाका नङमा कहिलेकाहीँ सेतो दाग देखिने गर्छ । पुरानो मान्यताअनुसार यसलाई नङ फुलेको भन्ने गरिन्छ ।

बाल्यकालमा नङ फुल्नु नयाँ लुगा लगाउन पाइने सङ्केतको रुपमा बुझ्ने गरिन्थ्यो । खासमा नङमा देखिने सेतो दाग के हो त ? आज हामी यसै विषयमा चर्चा गर्दैछौँ ।

नङ केही समय फुल्ने र पछि आफैँ हराएर जाने गर्छ । तर कतिपय अवस्थामा नङ फुल्नुले स्वास्थ्यको अवस्था पनि बताउने गर्दछ ।

चिकित्सकका अनुसार शरीरमा कुनै पनि रोग वा सङ्क्रमण भएमा यसको प्रभाव नङमा देखिन थाल्छ ।

नङमा सेतो दाग देखिनुको कारण ल्युकोनिचिया भएको चिकित्सकहरू बताउँछन् ।

यसबाट नङ बिग्रन्छ र रंग पनि परिवर्तन स्वरूप सेतो थोप्लो जस्तो देखिने गर्छ ।  ल्युकोनिचिया नङको चोटको कारण पनि हुनसक्छ ।  

यस्तो छ नङ फुल्नुको कारण
नङमा एलर्जी, फङ्गल सङ्क्रमण, नङको चोट, खनिजको कमीका कारण नङ फुल्ने अर्थात् नङको एक छेउमा सेतो सानो थोप्लो जस्तो देखिन्छ ।

यसको कारणका रूपमा पछिल्लो समय प्रयोग गरिने शृङ्गार जसमा कृत्रिम नङको प्रयोग, नेल पोलिस, ग्लोस र नेल पोलिस रिमूभरको एलर्जीले पनि नङमा सेतो दाग देखिन सक्छ ।

त्यस्तै फङ्गल इन्फेक्सन, शरीरमा खनिज वा भिटामिनको कमी र क्याल्सियमको कमीको कारण पनि नङमा सेतो दाग देखिन सक्छ ।

नङमा आउने सेतो धब्बाले शरीरमा प्रोटिन, जिंक र भिटामिन बी को कमी दर्शाउँछ ।

यसको अलावा नङमा सेतो धब्बा किड्नी वा कलेजोसँग जोडिएको बिरामीको संकेत गर्दछ ।

यो ब्लड प्रेसर, हड्डीको कमजोरी र तनावका कारणले पनि हुने गर्दछ । यदि तनावका कारण यो धब्बा आएको भए यसलाई मेडिटेसन मार्फत कम गर्न सकिन्छ ।

यस्तो बेलामा  भिटामिन ई वा लोसनले हातलाई मोइस्चराइज गर्ने,  भिटामिन सी युक्त फलफूल खाने ।

जिंक, आइरन, सल्फरयुक्त खानेकुरा र क्याल्सियम, प्रोटिन, भिटामिनयुक्त खानेकुरा प्रशस्त मात्रामा खान चिकित्सकहरू बताउँछन् । यसका साथै सुन्तलाको जुस, दूध पनि खान सकिन्छ ।

 

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ६ : २६ बजे

विश्व शान्ति कार्यक्रम’ लुम्बिनीमा आजबाट सुरु

लुम्बिनी– लुम्बिनीको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फरेन्स हलमा तीन दिने ‘विश्व शान्ति

११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

म्याग्दी– जिल्ला सदरमुकाम बेनीमा ११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद

खानेपानी संस्थान धनगढीको बक्यौता दुई करोड ३१ लाख

कैलाली– लामो समयदेखि धनगढीमा खानेपानी वितरण गर्दै आएको नेपाल खानेपानी

वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

विराटनगर– मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थामा ठूलो परिमाणमा

जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित गर्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यलाई निर्वाचन