थारू लोकसंस्कृति जगेर्ना गर्न बेलौरीमा  ‘माघ म्याला’ « Khabarhub

थारू लोकसंस्कृति जगेर्ना गर्न बेलौरीमा  ‘माघ म्याला’


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– थारू समुदायको लोकसंस्कृति जगेर्ना गर्ने उद्देश्यले बेलौरी नगरपालिकामा ‘माघ म्याला’ आयोजना गरिएको छ । थारू कल्याणकारिणी सभाको आयोजनामा हिजोदेखि सुरु ‘म्याला’ भोलिसम्म सञ्चालन हुनेछ ।

म्यालामा थारू समुदायको लोकसंस्कृति झल्कने गहना, पहिरन, खाद्य सामग्री, रहनसहन, लोककथा, गीत, भाषा, साहित्यसम्बन्धी वस्तुहरू प्रदर्शनीमा राखिएका छन् ।

‘म्यालमा पुग्ने दर्शक तथा अवलोकनकर्ताका लागि परम्परागत थारू परिकार पस्कने व्यवस्था मिलाएका छौँ,’ सभाका बेलौरीका अध्यक्ष खडक चौधरीले भने, ‘थारू संस्कृतिसँग सम्बन्धित परम्परागत गीतसँगै सखिया, झुम्रा, मुग्रह्वा, मघौटालगायत नृत्य स्थानीय कलाकारले देखाउने व्यवस्था मिलाइएका छौँ ।’

थारूसँग सम्बन्धित राष्ट्रियस्तरका कलाकारले म्यालामा पुग्ने अवलोकनकर्ता र दर्शकलाई मनोरञ्जन दिने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

बुढापाकाबाट युवाले संस्कृतिका बारेमा जानकारी पाई परम्परागतकालदेखि चल्दै आएका असल संस्कृतिलाई जीवन्त राख्न मद्दत पुगोस् भनेर प्रत्येक वर्षको यसै बेला म्याला आयोजना गरिँदै आएको उनको भनाइ छ ।

उनले थारू समुदायमा विद्यमान कुरीतिलाई हटाउनका लागि जनचेतना जगाउने कार्यक्रम समेत म्यालामा राखिएको बताए  ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  १२ : ०२ बजे

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक