पाकिस्तानविरुद्ध न्युजिल्याण्ड ४६ रनले विजयी « Khabarhub

पाकिस्तानविरुद्ध न्युजिल्याण्ड ४६ रनले विजयी


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्युजिल्याण्डले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा विजयी सुरुवात गरेको छ । शुक्रबार सम्पन्न सिरिजको पहिलो खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ४६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

न्यूजील्याण्डले दिएको २२७ रनको लक्ष्य पछाएको पाकिस्तानले १८ ओभरमा १८० रन बनाएर अलआउट भएको थियो । पाकिस्तानका लागि बाबर आजमले सर्वाधिक ५७ रन बनाए भने सैम आयुबले २७, मोहमद रिजवानले २५, इफ्तिखार अहमदले २४ रनको योगदान दिएका थिए ।

त्यस्तै न्यजिल्याण्डका बलर टिम साउथीले सर्वाधिक ४ विकेट लिए भने एडम मिल्ने र बेन सीयर्सले २-२ तथा इश सोढीले एक विकेट लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली न्यूजील्याण्डले २० ओभरमा ८ विकेट गुमाउँदै २२६ रन बनाएको थियो ।

न्यूजील्याण्डका लागि डार्यल मिचेलले सर्वाधिक २७ बलमा ६१ रन बनाएका थिए भने कप्तान केन विलियम्सनले ५७ रन बनाएका थिए । त्यस्तै फिन एलनले ३४, तथा मार्क चापम्यानले २६ रनको योगदान दिएका थिए । त्यसैगरी पाकिस्तानका बलर कप्तान शाही शाह अफ्रिदी र अबाब्स अफ्रिदीले ३-३ विकेट लिए भने हरिस राउफले २ विकेट लिएका थिए ।

योसँगै ५ खेलको टी-२० सिरिजमा न्युजिल्याण्डले १-० को अग्रता लिएको छ । अब सिरिजको दोस्रो खेल आइतबार हुने छ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ४ : ४८ बजे

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्री पदको मतगणना सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भएको मतदान अन्तर्गत उपसभापति र