हमासका कमाण्डरसहित दर्जनौँ लडाकू मारिएको इजरायली दावी « Khabarhub

हमासका कमाण्डरसहित दर्जनौँ लडाकू मारिएको इजरायली दावी


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ गाजामा इजरायली हवाई आक्रमणमा हमासका दर्जनौँ लडाकू मारिएका इजरायली रक्षा बलले जनाएको छ ।

दक्षिणी गाजाशहर खान युनिसमा इजरायली लडाकू विमानले हमासको सैन्य परिसरमा आक्रमण गर्दा सात हमास लडाकूको मृत्यु भएको छ । 

मारिएकामध्ये अक्टोबर ७ मा गाजा क्षेत्रका समुदायहरूमा इजरायलीहरूको नरसंहारमा भाग लिएका भनिएका हमासको बौद्धिक नुखबा बलका कमाण्डर पनि रहेको बताइएको छ । 

इजरायली सेनाले खान युनिसमा रहेको एके–४७ राइफल र आरपीजी लञ्चर जफत गरी हतियार भण्डारण केन्द्र ध्वस्त पारेको छ । सेनाले भनेको छ, ‘मध्य गाजा शहर मघाजीमा इजरायली स्थल सेनाले नुखबा फोर्स कमान्डरसहित करिब २० जना ‘आतङ्ककारी’लाई मारेको छ ।’

मगाजीको मध्य भागमा इजरायली सेनाले तीन जना सशस्त्र लडाकू हमासको सैन्य परिसरबाट बाहिर निस्केर आफूतिर अघि बढिरहेको देखेपछि आक्रमण गरेको थियो ।

गत अक्टोबर ७ मा गाजाको सीमा नजिकै दक्षिणी इजरायलमा रहेको इजरायली समुदायमाथि हमासले गरेको आक्रमणमा परी कम्तीमा एक हजार १४० व्यक्तिको मृत्यु भएको इजरायली पक्षले पुष्टि गरेको थियो । 

गाजामा हमासले बन्धक बनाएका पुरुष, महिला, बालबालिका, सैनिक र विदेशीको सङ्ख्या अहिले १३६ रहेको अनुमान गरिएको छ । इजरायली अधिकारीहरूले शवहरूको पहिचान र मानव अवशेषहरूको खोजी जारी राखेको र उक्त दिनदेखि अहिलेसम्म अन्य केही व्यक्तिहरू पनि सम्पर्कमा नआएको बताएका छन् ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ४ : ५८ बजे

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर