दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा प्रचण्ड, ओली र देउवा शीतलनिवासमा, राप्रपाको जलपान, कोशीमा सभामुख लिएको विषय छलफलमै छ : राजेन्द्र लिङदेन, नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी, राष्ट्रपतिसमक्ष एफएओका महानिर्देशकको भेट, काटिएका लाइन जोड्ने प्राधिकरणको निर्णयलगायतका समाचारले प्रमुख स्थान पाए ।

प्रचण्ड, ओली र देउवा शीतलनिवासमा
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन सबै मिलेर अघि बढ्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई शीतलनिवासमा बोलाएर ध्यानाकर्षण गराएका हुन् ।

कोशीमा सभामुख लिएको विषय छलफलमै छ : राजेन्द्र लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कोशीमा पार्टीले सभामुख लिएको विषयमा आफ्नो पार्टीभित्र दुई मत देखापरेको बताएका छन् । पार्टीभित्र यसबारे दुईथरी विचार आएको लिङदेनले बताएका छन् ।

राप्रपाको जलपान 
पृथ्वीजयन्तीका अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टीले आज आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विभिन्न राजनीतिक दलका शीर्ष नेता सहभागी भएका छन् ।

पृथ्वी जयन्ती सदर, जनयुद्ध बदर!
माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा गत साल पुस १० गते बनेको सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट राजेन्द्र लिङदेन, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र दीपक बहादुर सिंह सहभागी थिए । राजावादी र माओवादीसमेत मिलेर बनेको सरकारले पुस २७ को पृथ्वीजयन्ती र फागुन १ को जनयुद्ध दिवस दुबैमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । सोहीअनुसार आज पृथ्वी जयन्तीमा सरकारले सार्वजनिक विदा दिएको छ ।

नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी
नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशम चौधरी निर्विरोध निर्वाचित
भएका छन्।

कैलालीको टीकापुरमा जारी पार्टीको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचन प्रक्रियाका क्रममा अध्यक्षका लागि उनको मात्रै उम्मेदवारी परेको हो।

काटिएका लाइन जोड्ने प्राधिकरणको निर्णय
नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियम महसुल नतिरेका ग्राहकको विद्युत् आपूर्ति पुनः जोड्ने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा आज बसेको प्राधिकरण सञ्चालक समितिको नौ सय ६० औँ बैठकले मन्त्रिपरिषद्को निर्णयबमोजिम काटिएको विद्युत् लाइन जोड्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ ।

नेपाल-पाकिस्तान सम्बन्धबारे छलफल
परराष्ट्रसचिव सेवा लम्सालसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरर एच हास्मीले भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा नेपाल-पाकिस्तान सम्बन्धका सबै विषयमा छलफल भएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ ।

राष्ट्रनिर्माताप्रति सम्मान प्रकट गर्न चियापान कार्यक्रममा आए : रवि लामिछाने
रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रनिर्माताप्रति सम्मान प्रकट गर्न चियापान कार्यक्रममा आएको बताएका छन् ।

पृथ्वीजयन्तीका अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टीले आज आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा सभापति लामिछाने पनि सहभागी थिए ।

राष्ट्रपतिसमक्ष एफएओका महानिर्देशकको भेट
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन ९एफएओ० का महानिर्देशक डा। क्यू डोङ्ग्यूको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

संसद्को आगामी अधिवेशनमा चलचित्रसम्बन्धी विधेयक पेश हुन्छ: मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसद्को आगामी अधिवेशनमा चलचित्रसम्बन्धी विधेयक पेश गर्ने तयारी भएको बताएकी छन् ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ९ : ०१ बजे

पठन संस्कृतिले बौद्धिक चेतना, ज्ञान र सूचना प्राप्त हुन्छ : सभामुख घिमिरे

काठमाडौं – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पठन संस्कृतिले व्यक्तिको चेतना,

सुदूरपश्चिमका बिरामीलाई निःशुल्क रगतको सुविधा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले सबै सरकारी अस्पतालमा उपचार गर्ने

लिङदेन नेतृत्व असफल भएको राप्रपा शीर्ष नेताको निष्कर्ष, पूर्वराजा पनि असन्तुष्ट

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व

२०२४ मा टाटा पन्च भारतमा सर्वाधिक बिक्री हुने कार बन्यो

काठमाडौं – २०२४ मा भारतमा सबैभन्दा धेरै बिक्री हुने कार

क्याम्पस प्रमुखको दौडमा रहेका प्राध्यापकलाई ‘बौद्धिक चोरी’ आरोप

काठमाडौं- सानोठिमी क्याम्पसक प्रमुखको दौडमा रहेका एकजना प्राध्यापकलाई बौद्धिक चोरीको