दमक नगरले प्राधिकरणसँग विद्युत पोलको भाडा असुल्ने | Khabarhub Khabarhub

दमक नगरले प्राधिकरणसँग विद्युत पोलको भाडा असुल्ने


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

दमक– दमक नगरपालिकाले नेपाल विद्युत प्राधिकरणसँग विद्युत् पोल र ‘ट्रान्सफर्मर’ राखे बापतको भाडा लिने भएको छ ।

प्राधिकरणले विद्युत् महसुलको बक्यौता असुल्न गर्न  ताकेता गरेपछि नगरपालिकाले सो निर्णय गरेको हो ।

नगरपालिकाले नगरभित्र गाडिएका विद्युत पोल र विद्युत ट्रान्सफर्मर  वापत प्राधिकरणसँग जग्गाको भाडाबापत हालसम्मकै भाडा असुल्ने निर्णय लिएको हो ।

नगरपालिकाको १३औँ नगरसभाले स्वीकृत गरेको दर रेटमा भाडाबापतको रकम असुल गर्ने निर्णय गरेको नगरपालिकाको बैठक व्यवस्थापन शाखाले जनाएको छ ।

नगरपालिकाको गत माघ ९ मा बसेको कार्यपालिका बैठकमा नगरपालिकाको नाममा यसअघि जडान भएका कूल एक सय ७०  विद्युत मिटरमा उठेको महसुल वापतको बक्यौता ६ करोड ९३ लाख ६१ हजार तिर्न विद्युत प्राधिकरण दमक वितरण केन्द्रले गरेको पत्राचारबारे छलफलसमेत भएको जनाइएको छ ।

नगर प्रमुख रामकुमार थापाले छलफलपछि कार्यपालिका बैठकले यसअघि नगरपालिकाले विभिन्न टोलमा जडान गर्न लगाएका सडक बत्ती बापतको विद्युत् महसुलका कारण नगरपालिकाका नाममा विद्युत् महसुलको बक्यौता देखिएको ठहर गरेको बताए ।

अब उप्रान्त कुनै पनि टोलमा नगरपालिकाका नाममा विद्युत मिटर राख्न अनुमति वा सिफारिस नदिने र त्यसरी सडक बत्ती जडान तथा मर्मत एकपटकका लागि मात्रै नगरपालिकाले गर्ने र सो पछि भने सम्बन्धित टोल विकास संस्थाले आफैँले ब्यहोर्ने गर्नुपर्ने गरी मात्रै सिफारिस दिने पनि बैठकले निर्णय लिएको उनले जानकारी दिए ।

त्यसैगरी नगरपालिकाले वडा नं ६ स्थित नगरपालिकाको स्वामित्वमा रहेका पसल क्लबको सम्झौतामा उल्लेख भएअनुसार व्यवसायीले नियमितरूपमा तिर्नुपर्ने भाडाको बक्यौता हालसम्म ४४ लाख रुपैयाँ रहेकाले सोको असुलीका लागि टोली खटाउने पनि निर्णय गरेको छ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ११ : ५२ बजे

रुसबाट हरिको गुहार : रुसी सैनिकबाटै मारिने अवस्था आयो, बचाइदिनुस् 

काठमाडौं– रुसी सेनामा रहेका खोटाङका हरिकुमार राईले आफ्नो ज्यान बचाइदिन

कुन देशमा दिइन्छ बलात्कारीलाई मृत्युदण्ड ?

काठमाडौं- संसारभरि नै कानूनले महिलाहरुको विशेष संरक्षण गरेको छ ।

फुङलिङ–पाथीभरा साइकलयात्रा

ताप्लेजुङ– ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरादेखि

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौं– सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली