दमक नगरले प्राधिकरणसँग विद्युत पोलको भाडा असुल्ने « Khabarhub

दमक नगरले प्राधिकरणसँग विद्युत पोलको भाडा असुल्ने


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

दमक– दमक नगरपालिकाले नेपाल विद्युत प्राधिकरणसँग विद्युत् पोल र ‘ट्रान्सफर्मर’ राखे बापतको भाडा लिने भएको छ ।

प्राधिकरणले विद्युत् महसुलको बक्यौता असुल्न गर्न  ताकेता गरेपछि नगरपालिकाले सो निर्णय गरेको हो ।

नगरपालिकाले नगरभित्र गाडिएका विद्युत पोल र विद्युत ट्रान्सफर्मर  वापत प्राधिकरणसँग जग्गाको भाडाबापत हालसम्मकै भाडा असुल्ने निर्णय लिएको हो ।

नगरपालिकाको १३औँ नगरसभाले स्वीकृत गरेको दर रेटमा भाडाबापतको रकम असुल गर्ने निर्णय गरेको नगरपालिकाको बैठक व्यवस्थापन शाखाले जनाएको छ ।

नगरपालिकाको गत माघ ९ मा बसेको कार्यपालिका बैठकमा नगरपालिकाको नाममा यसअघि जडान भएका कूल एक सय ७०  विद्युत मिटरमा उठेको महसुल वापतको बक्यौता ६ करोड ९३ लाख ६१ हजार तिर्न विद्युत प्राधिकरण दमक वितरण केन्द्रले गरेको पत्राचारबारे छलफलसमेत भएको जनाइएको छ ।

नगर प्रमुख रामकुमार थापाले छलफलपछि कार्यपालिका बैठकले यसअघि नगरपालिकाले विभिन्न टोलमा जडान गर्न लगाएका सडक बत्ती बापतको विद्युत् महसुलका कारण नगरपालिकाका नाममा विद्युत् महसुलको बक्यौता देखिएको ठहर गरेको बताए ।

अब उप्रान्त कुनै पनि टोलमा नगरपालिकाका नाममा विद्युत मिटर राख्न अनुमति वा सिफारिस नदिने र त्यसरी सडक बत्ती जडान तथा मर्मत एकपटकका लागि मात्रै नगरपालिकाले गर्ने र सो पछि भने सम्बन्धित टोल विकास संस्थाले आफैँले ब्यहोर्ने गर्नुपर्ने गरी मात्रै सिफारिस दिने पनि बैठकले निर्णय लिएको उनले जानकारी दिए ।

त्यसैगरी नगरपालिकाले वडा नं ६ स्थित नगरपालिकाको स्वामित्वमा रहेका पसल क्लबको सम्झौतामा उल्लेख भएअनुसार व्यवसायीले नियमितरूपमा तिर्नुपर्ने भाडाको बक्यौता हालसम्म ४४ लाख रुपैयाँ रहेकाले सोको असुलीका लागि टोली खटाउने पनि निर्णय गरेको छ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ११ : ५२ बजे

नारायणीबाट बस्ती जोगाउन नगरप्रमुख दाहालको अग्रसरता

नारायणगढ– भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आज नारायणी नदी किनारस्थित

दिल्लीमा प्रचण्डले भने- भदौ २४ को विध्वंश जेन-जीले गरेका होइनन्, निक्कै ठूलो डिजाइन थियो

नयाँदिल्ली– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भदौ २४

राष्ट्रियसभाको ८ सिटमा कांग्रेसको दाबी, एमाले र नेकपा दुवैसँग समानान्तर वार्ता

काठमाडौं- नेपाली कांग्रेसले आगामी माघ ११ गते हुन लागेको राष्ट्रिय

राष्ट्रिय सभामा भएको एकतासभामा देखिएनन् बालेन र कुलमान, बृहत् एकतासभाको तयारी हुँदै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकता सभामा बालेन्द्र साह

यमनका पक्षहरूबीच संवाद सहज बनाउन टर्कीए तयार : राष्ट्रपति एर्दोगान

एजेन्सी– टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले यमनमा द्वन्द्वरत पक्षहरूबीच संवाद