गणतन्त्रको खालमा प्रचण्डको 'च्याँखे' | Khabarhub Khabarhub

गणतन्त्रको खालमा प्रचण्डको ‘च्याँखे’



प्रधानमन्त्री प्रचण्ड मध्यरातमा आइप्याड चलाएर बसिरहेका थिए। उनको शयनकक्षमा एक्कासी चोरको प्रवेश भयो। चोरलाई नम्र भाषामा प्रधानमन्त्रीले भने- ‘अरु मेरा सामान जे लगेपनि लैजाऊ तर यो आइप्याड चाहिँ कुनै हालतमा दिन्न।’ चोरले ठाडो भाषामा सोध्यो- ‘त्यो आइप्याडमा चाहिँ के छ र, मैले नपाउने ?’

प्रधानमन्त्री दाहालले शान्तपूर्वक बेलिविस्तार लगाए- ‘यसमा राजनीतिक ज्ञान छ। माक्र्स, लेनिन, माओवाददेखि समाज रुपान्तरणका सूत्र छन्। मुलुकलाई आर्थिक समृद्धिमा लैजाने रोडम्याप छन्। चुनावताका पार्टीले व्यक्त गरेका संकल्प छन्। जनता लटपट्याउने काइदा कानुन छन्। अनन्त सत्ता हत्याउने रणनीति छन्।’ प्रधानमन्त्रीका व्याख्या सकिन नपाउँदै चोरले प्रधानमन्त्रीका गालामा तोरीको फूल देखिने गरी दुई चड्कन लगायो। अकारण हात छोडेकोमा प्रधानमन्त्रीले आपत्ति जनाए।

चोरले निर्भिकतापूर्वक भन्यो- ‘राजनीतिक प्रतिबद्धता आइप्याडमा हैन, व्यवहारमा उतार्ने विषय हुन। यो एजेण्डामा तिमी आलाकाँचा रहेछौ, त्यसैले मैले थप्पड लगाएको हो। मलाई शिक्षा दिने गुरुले पनि मेरो मनमा नभएर कापीमै ज्ञानका कुरा लेख्थे। उनले सिकाएजस्तै मैले पनि ज्ञानका कुरा काममा नभएर कापीमै उतारेँ। त्यही भएर म चोर भएँ। कापी हेरेर ज्ञान दिने र कापीमै ज्ञानका कुरा लेखेर राख्नेहरु सबै मजस्तै चोर हुन। त्यसैले मैले चोरलाई हिर्काएको हो, प्रधानमन्त्रीलाई हैन।’ चोरका अर्थपूर्ण तर्कले प्रधानमन्त्री प्रचण्ड निरुत्तर भए। सयौं सुरक्षाकर्मीबाट घेरिएको ठाउँबाट चोर ससम्मान बिदा भयो।

प्रधानमन्त्रीका व्याख्या सकिन नपाउँदै चोरले प्रधानमन्त्रीका गालामा तोरीको फूल देखिने गरी दुई चड्कन लगायो। अकारण हात छोडेकोमा प्रधानमन्त्रीले आपत्ति जनाए।

विषय काल्पनिक होला तर त्यसले बोक्ने गाम्भीर्यमा सम्भवत कसैको विमति नहोला। आगो लागेपछि दमकल किन्न टिप्पणी उठाउने खरिदारी शैलीमा रमाइलो गर्ने प्रवृत्तिले राजनीतिक नेतृत्व पुस्तौनी पंगु बन्ने अध्याय रोकिएको छैन्। सोच्ने एउटा, बोल्ने अर्को र गर्ने झन् अलग कर्मले हरेक नेताको इतिहास बिटुलिएको छ। राज्यमा स्थापित अनुत्तरदायी ठग शासन प्रणालीका कारण हरेक सरकार प्रमुख रत्नपार्कमा औषधी बेच्न चिच्याउने पात्रजस्तै जोक्कर बन्ने गरेका छन्।

दाहाल शैली नाम नभएर प्रवृत्ति हो । हिजो राजा ज्ञानेन्द्रलाई सत्ता ढल्ने अघिल्लो दिनसम्म पनि आफ्नो सरकार बज्रझैं लाग्थ्यो। राज्यलाई समानान्तर च्यालेन्ज गरेर बहादुरीपूर्वक नेपाली राजनीतिको मैदानमा उत्रिएको प्रचण्ड मिसाइल कटुवाल नामको एउटा मट्याङ्ग्रा प्रहार सहन नसकेर पहिलो ब्याटिङमै बिचलित भयो। चारगणले छेकेको सर्वशक्तिमान लोकप्रिय राजपरिवार रगतको पोखरीमा खरानी हुन्छ भन्ने छनक कसलाई थियो ?

दीपेन्द्रको विवाह कारण बनाइनु त एउटा कुशल निर्देशकले सिनेमाभित्र जन्माएको कथानक मात्रै हो। त्यसैले भोट पाएको, कसैको अनुग्रह रहेको आधारमा आफ्नो औकात बिर्सने कसैको भलो देखिएको छैन्। प्राविधिक शब्दका अर्थशास्त्र मुखाग्र हुने तर चुह्लोको अर्थशास्त्र नबुझ्ने देश निर्माणका कथित इन्जिनीयरका कारण नेपालीको भाग्य मिलको फित्ता घुमेझैं गन्तव्यबिनाको चक्रव्यूहमा घुमेको दशकौं भयो।

चारगणले छेकेको सर्वशक्तिमान लोकप्रिय राजपरिवार रगतको पोखरीमा खरानी हुन्छ भन्ने छनक कसलाई थियो ? दीपेन्द्रको विवाह कारण बनाइनु त एउटा कुशल निर्देशकले सिनेमाभित्र जन्माएको कथानक मात्रै हो। त्यसैले भोट पाएको, कसैको अनुग्रह रहेको आधारमा आफ्नो औकात बिर्सने कसैको भलो देखिएको छैन।

हजुरबादेखि नाती पुस्तासम्मले गरिबीको सारंगी पेट उदाहरण दिने इथियोपियामा फलेको बेसारले नेपालीको तिउन, तरकारी रंगिएको छ। जोडी अंकको आर्थिक विकासमा पाइला टेकेको इथियोपियालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नल्याउने बहादुर नेपाली त्यतिबेला लज्जित हुनेछन्, जतिबेला परिवार पाल्ने उपाय नभेटेर श्रम बेच्न इथियोपिया जाने भीसा लगाउन आफ्नै भूमिमा लाइन लाग्नुपर्ने दिन अब धेरै टाढा छैन्।

खाने तेलको गुणस्तरमा इतिहास बनाएको खोकनाका तेलमिल रुस, युक्रेन र अष्ट्रेलियाबाट ल्याइएको तोरीले धानेको वर्षौं भइसक्यो। भक्तपुरको जुजु धौ घिटिक घिटिकको अवस्थामा रहेका बेला नेपाली बजारमा स्पेनबाट आयातीत दहीको तिर्खा बढ्दो छ। विश्वमा हतियार बेचेर खरबौं डलर भित्र्याउने अमेरिकाले झण्डै १७ लाख केजी भटमास नेपाली भान्सामा छिराएको सत्यलाई नेपालको कुन राजनीतिक कोर्समा ठाउँ पाउला ? अर्जेन्टिनाले कलाकौशल मार्फत फुटबल मात्र देखाउँदैन बरु त्यहाँबाट पठाइएका जुनेलो जस्तै मकै कमजोर बन्दै गएका नेपालीका दाँतलाई उपयुक्त फाँकी बनेका छन्।

नारा समृद्धिको भएपनि काम गर्ने शैलीमा एक इन्च पनि परिवर्तन आएको छैन्। इन्जिनीयरकी छोरीको बिहेमा ठेकेदारले समयमै बैंकमा बिहे खर्च जम्मा नगरेको दोष आयोजनाले सामना गर्नु परिरहेकै छ। नेताले भनेको ब्रान्डको गाडी, इन्धन र चालक नपठाएको निहुँमा आयोजना प्रमुख कामकै चटारोमा सरुवा हुँदा अरबौंको क्षतिपूर्ति राज्यले तिर्नुपर्ने अवस्था दोहोरिएकै छन्।

अर्को सरकार बनेपछि नयाँ अनुहारमा प्रकट हुने राष्ट्रिय गफाडीलाई दिनुपर्ने सुविधाको दबाबले राष्ट्रिय ढुकुटी थप छियाछिया हुनेछ। राजश्व लक्ष्य एकादेशको कथा बन्दो छ।

अर्को सरकार बनेपछि नयाँ अनुहारमा प्रकट हुने राष्ट्रिय गफाडीलाई दिनुपर्ने सुविधाको दबाबले राष्ट्रिय ढुकुटी थप छियाछिया हुनेछ। राजश्व लक्ष्य एकादेशको कथा बन्दो छ। संघीयताले थुम्का थुम्कामा सेवक नभएर शासकका चेकपोष्ट बढाएको छ। ठूला मान्छेबाट आजित देश, ठूला मान्छेकै घमण्डले अस्थिपञ्जरमा अनुवाद हुँदैछ।

लुटतन्त्रका उम्दा पात्रहरुले सन्तानका लागि सहरमा वातानुकूलित घर, चिल्ला गाडीको मेसो त मिलाइदिए तर देश प्रेमको संस्कार दिएनन। त्यसैले घरघरमा सन्तान हैन, आत्मघाती बम उत्पादन भइरहेका छन्। माटो मुटुमा नभएर फेसबुकमा दुख्ने गर्छ। नेपालमा हाँस्न बिर्सिएको नेपाली विदेशी भूमिमा खुसी हुने भाकल गर्छ।

देश के हो ? यसको उत्तर शरणार्थीलाई थाहा छ। दलाई लामासँग के छैन ? सबैथोक हुँदा पनि माटो नहुँदा उनको जीवन अपूर्ण छ। एक गिलास पानीको मूल्य कति हुन्छ ? मरुभूमिमा धापिएको व्यक्तिले भन्न सक्छ। मानिस आउनु जानु प्रक्रिया हो। मृत्युका अगाडि एक्लो सत्य भएर उभिन्छु भन्नु भ्रम शिवाय केही होइन। गल्ती गर्नु जति निरपराध हो, गल्ती दोहोर्याउनु चाहिँ अक्षम्य अपराध हो। अब त गल्तीका पनि धेरै चाङ लागिसके। खालखालका प्रयोगले देश छिद्र भइसक्यो।

लुटतन्त्रका उम्दा पात्रहरुले सन्तानका लागि सहरमा वातानुकूलित घर, चिल्ला गाडीको मेसो त मिलाइदिए तर देश प्रेमको संस्कार दिएनन। त्यसैले घरघरमा सन्तान हैन, आत्मघाती बम उत्पादन भइरहेका छन्।

राजनीतिशास्त्रले भन्छ– ‘जनता कहिल्यै गलत हुँदैन।’ तर जनता नै नमिल्ने अनौठो संस्कृति समाजमा उन्मत्त हुँदैछ। कसैले बोलेको कसैलाई पच्दैन। राजनीतिक रिङ बाहिर बसेकाको प्रदूषणले राजनीतिका कलपूर्जामा खिया लागेको छ। खाडी, युरोप, अमेरिका बस्नेदेखि सडक सफा गर्ने सम्मलाई सिंहदरबारको अनौठो तिर्खा छ। देश संघीयतामा गएर संघीय संरचना बनिसक्दा पनि पदाधिरीलाई पाएको पदप्रति स्नेह छैन। देश बनाउने रोडम्यापभन्दा उनीहरुलाई सलामीको लोभ छ।

मन्त्री भएपछि आदेश दिनुपर्छ भन्ने असफल राजनीतिक डक्टिनबाट ग्रसित तिनीहरु ठाडो बिजुलीको पोललाई पनि आदेश फर्माउन आतुर छन्। जनताको आम्दानी स्रोत सुक्दै जाँदो छ। घरखेत बाँझा छन्। डोरी लाहुरे, तोरी लाहुरे विदेशी भूमिमा बसेर नेपालप्रति अर्तीको अगाध स्नेह बर्साउन मस्त छन्। एउटा गाउँ नगरपालिकामा अनुवाद भएका छन्। गाउँ समिति हुँदा पचास रुपियाँमा तमाम् हुने काम अहिले रातारात पाँच हजार पुर्याइएको छ। काम गर्ने सल्लाहमा विमति भएर नभई बाँडफाँडमा कुरा नमिलेर रस्साकस्सीका समाचार बाक्लै सुनिन र पढिन थालेका छन्।

दर्ता चलानीको काम समेत शुभलाभविना नहुने दिन आए। हुँदाहुँदा नेपाल मात्र त्यस्तो देश हो, जहाँ राजश्व तिर्न पनि विचौलियाको भरथेग चाहिन्छ। कर्मचारी सेवाग्राही चिन्दैनन, विचौलिया चिन्छन्। राजा त्रिभुवनलाई त्रास देखाइ दिल्ली भगाएर चार वर्षे बच्चो राजा बनाउनेदेखि लिएर प्रचण्डलाई तिलस्मी देवदूतका रुपमा अवतरण गराई डेढ दशक बीचमा नाङ्गेझार बनाउन प्रकारान्तरमा एउटै प्रवृत्तिले भूमिका खेलेको छ।

नेताको कमजोरीको फाइदा उठाएर स्वार्थीहरुले देशमा फौजी निकायको संख्या लाखौं पुर्याइसके। लाख नाघेको निजामती कर्मचारी सत्तरी हजारबाट ओरालो लागिसक्यो। सांसद हिन्दी सिनेमाका जुँगे तसिल्दारजस्ता भएका छन्। यतिका राजनीति उहापोह हुँदा पनि मोटाउनु र सुन्निनु एउटै होइन भन्ने चेत राजनीतिकर्मीमा आएन।

एमाले, काँग्रेस, माओवादी जस्ले जतिसुकै फुटानी लाए पनि देशको सक्कली अनुहार तथ्यांकले देखाउने हो। कोही सत्तामा पुगेर मात्तिनु र कोही प्रतिपक्षीमा पुगेर आत्तिनुले केही फरक पर्दैन। कांग्रेस इतर दलका नजरमा अहिले देशमा लोकतान्त्रिक गणतन्त्र फलेको फुलेको छ किनभने उनीहरु सत्तारुढ छन्।

सन् १९८० ताका नेपालको प्रतिव्यक्ति आय २६५ हुँदा चीनको प्रतिव्यक्ति आय २५० डलर थियो। अहिले त्यही चीनबाट पठाएका थाङ्ना फोगटाले आङ ढाक्न नपुगेर चीनको तुरुप प्रयोग गरी फेसबुकमा भारतलाई धम्क्याउनुअघि चीन र भारतबिच दुई खर्ब डलर बढीको व्यापारिक सम्झौता छ भन्ने सत्यसँग थोरै परिचित भइदिए कति गुन लाग्थ्यो। जो शक्तिमा पुग्यो उसले राज्यका संयन्त्रलाई विर्ता ठान्ने यही मनस्थितिका कारण हामी गफाडी माग्ने भएका हौं।

एमाले, काँग्रेस, माओवादी जस्ले जतिसुकै फुटानी लाए पनि देशको सक्कली अनुहार तथ्यांकले देखाउने हो। कोही सत्तामा पुगेर मात्तिनु र कोही प्रतिपक्षीमा पुगेर आत्तिनुले केही फरक पर्दैन। कांग्रेस इतर दलका नजरमा अहिले देशमा लोकतान्त्रिक गणतन्त्र फलेको फुलेको छ किनभने उनीहरु सत्तारुढ छन्।

सत्ताबाहिर जानासाथ कांग्रेसले अब लोकतन्त्रमा झुसिलकिराको प्रवेश देख्न थालिसकेको छ। यी दुवै प्रवृत्तिले लोकतन्त्रको मर्म बोक्दैन। साँचो लोकतन्त्र त त्यो हो, जसले राज्य सञ्चालन प्रक्रियामा जनतालाई थोरै भन्दा थोरै गुनासोको अवसर दिन्छ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  २ : २२ बजे

बजेटअनुसार परियोजना बनाउन मुख्यमन्त्रीको कँडेलको आग्रह

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी बजेट अनुसार

अपराध अदालतको घोषणाले ल्याएको तरंग

युद्ध अपराध र मानवता विरोधी अपराधका कारण जेल जान सक्ने

‘लू’बाट नागरिकलाई जोगाउन गृहको परिपत्र

काठमाडौ‌– गृह मन्त्रालयले तातो हावाको लहर ‘लू’बाट नागरिकलाई जोगाउनका लागि

कामिरिता ३०औँ पटक सगरमाथाको चुचुरोमा

काठमाडौं– कामिरिता शेर्पाले सगरमाथाको ३०औँ पटक सफल आरोहण गरेर आफ्नै

मालिकाको धुरीमा खानेपानीको व्यवस्था

म्याग्दी– म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरमा यही जेठ १० गते