कांग्रेसले आफू नेतृत्वमा रहेको प्रदेश सरकारलाई सुरक्षित गर्न पहल गर्ने « Khabarhub

कांग्रेसले आफू नेतृत्वमा रहेको प्रदेश सरकारलाई सुरक्षित गर्न पहल गर्ने


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले आफू नेतृत्वमा रहेको प्रदेश सरकारलाई सुरक्षित गर्न पहल गर्ने भएको छ । 

पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा मंगलबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीसहित प्रदेशका नेताहरूको बैठकले आफु नेतृत्वमा रहेको प्रदेश सरकारलाई सुरक्षित गर्ने र अन्य प्रदेशमा पनि कांग्रेस नेतृत्वको सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो ।

बैठकपछि सहमहामन्त्री जीवन परियारले सम्भावना बाँकी रहेका प्रदेशमा सरकार जोगाउने विषयमा छलफल भएको जानकारी दिए । सातै प्रदेशका बारेमा प्रदेश सभापतिहरूसँग जानकारी लिएको र कांग्रेस नेतृत्वमा रहेको प्रदेश सरकारलाई बचाउने प्रयासलाई जारी राख्ने निर्णय भएको उनले बताए ।

त्यस्तै कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले प्रदेश सरकारको अवस्थाका बारेमा छलफल केन्द्रित रहेको र यथार्थ जानकारी लिने काम भएको बताए ।

त्यस्तै सदनमा विपक्षमा रहेका दलहरूसंग सहकार्य गरेर सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो । 

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ७ : ३० बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको