लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै « Khabarhub

लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै छन् ।

विश्वासको मत लिनका लागि सभामुख तुलाराम घर्ती मगरले आज दिउँसो १ बजे लुम्बिनी प्रदेशसभा बैठक बोलाएका छन् ।

महरा चैत २३ गते शुक्रबार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

 प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका महराले चैत २५ गते सपथ ग्रहण र पदभार ग्रहण गरेका थिए । 

८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सदस्य आवश्यक पर्दछ । महरा एमालेका २९, माओवादी केन्द्रका ११, नाउपाका ४, जसपाका ३, एकीकृत समाजवादीका एक र स्वतन्त्र एक सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

तर विश्वासको मत लिनुअघि नाउपा, एकीकृत समाजवादी, जसपा र स्वतन्त्र सांसदले पूर्व सहमति पालना नगरको भन्दै विश्वासको मत नदिने धम्की दिइरहेका छन् ।

महराले अहिले एमालेका एक, माओवादी केन्द्रका एक र जनता समाजवादी पार्टीका एक जनालाई मन्त्री बनाएका छन् । तर पूर्व सहमति अनुसार नाउपाजसपाले २-२ मन्त्री पाउने सहमति भएको बताउँदै विश्वासको मत दिन बाध्य नहुने बताएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ७ : ४० बजे

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका

एसिया कप : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं – यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले भारतविरुद्ध सुरुमा ब्याटिङ

किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

बागलुङ– बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले

नोबेल मेडिकल कलेज भवनको पाँचौ तलाबाट खसेर डाक्टरको मृत्यु

काठमाडौं – विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न