इजरायलले इरानको हमला सामना गर्नुपर्ने सम्भावना बढ्यो | Khabarhub Khabarhub

इजरायलले इरानको हमला सामना गर्नुपर्ने सम्भावना बढ्यो


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.4k
Shares
  • change font
  • change font
  • change font

तेहरान– गाजा पछि इजरायलले इरानको हमला सामना गर्नु पर्ने सम्भावना बढेर गएको छ । सिरियामा रहेको इरानी दुतावासमा हमला गरेर बरिष्ठ अधिकारीहरू मारे पछि इरानले बदला लिने जनाइसकेको छ।

इरानले इजरायलमाथि हमला गरे अमेरिका चुप लागेर नबस्ने भन्दै जो वाइडेनले इजरायलको सुरक्षाका लागि ‘फलामे ढाल’ बनेर उभिने जनाइसकेका छन् । जसका कारण मध्य पूर्व एसियामा थप दन्द्द बढने सम्भावनालाई नजर अन्दाज गर्ने अवस्था भने छैन । 

यसैबीचमा, अमेरिकी मिडियाले इरानबाट हुन सक्ने सम्भावित खतरालाई लिएर ठूलो दाबी गर्न थालेका छन । उनीहरूका अनुसार इरानले आणविक बम बनाउने प्रयास गरिरहेको र जसका लागि तीव्र गतिमा परमाणु सामग्री अर्थात् युरेनियम जम्मा गरिरहेको बताए । इरानले आणविक बम बनाउने आफ्नो मनसाय नभएको बताउँदै आएको भए पनि अमेरिकी अधिकारीहरूले इरानले आणविक बम बनाउन सक्ने डर भने कायमै रहेको छ ।

इजरायल र उसको आणविक कार्यक्रमलाई लिएर अमेरिका र इरानबीच पहिले देखि नै तनाव छ । इजरायलले एक इरानी कमाण्डरको हत्या गरे पछि इरानले इजरायलविरुद्ध बदला लिने डर बढेको छ। वासिङ्टन पोस्टका अनुसार इरानले आफूले कुनै आणविक बम नबनाउँदै आएको बताउँदै आएको छ तर सो देशसँग पर्याप्त युरेनियम छ कि उसले त्यसबाट कम्तीमा तीनवटा परमाणु बम बनाउन सक्छ। 

इरानले केही दिन वा हप्ताभित्रै यो गर्न सक्ने विश्वास गरिएको छ । उता, इरानी मिडियाका अनुसार इरानले एयरस्पेस बन्द गरेर इरानी सेना युद्धअभ्यासमा उत्रिएका छन् ।

जसका कारण जर्मन एयरलाइन्स लुफ्थान्सा एयरलाइन्सले बिहीबार तेहरानका लागि सबै उडानहरू स्थगित गरेको थियो । मध्यपूर्वका सबै देशहरू हाल इरानबाट हुन सक्ने आक्रमणको खतरालाई लिएर अलर्टमा रहेको जनाएका छन् ।

अरबी भाषामा प्रकाशित इरानी समाचार एजेन्सीको रिपोर्ट अनुसार इरानले सैन्य अभ्यास गर्नका लागि राजधानी तेहरानमाथिको आफ्नो हवाई क्षेत्र बन्द गरेको छ। तर पछि इरानी मिडियाले यो रिपोर्ट हटाएको थियो।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ८ : ३२ बजे

संसद्मा सत्तापक्षबाट दुर्व्यवहार भएको भन्दै नेविसङ्घको आपत्ति

काठमाडौं‍- प्रतिनिधि सभा बैठकमा बिहीबार सत्तापक्षबाट असंसदीय कार्य भएको भन्दै

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले