एक सय ७२ रोपनीमा लगाइएको अफिमखेती नष्ट « Khabarhub

एक सय ७२ रोपनीमा लगाइएको अफिमखेती नष्ट


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– रुकुमपश्चिमको विभिन्न ठाउँमा एक सय ७२ रोपनीमा लगाएको लागूऔषध अफिमखेती फँडानी गरिएको छ । जिल्ला प्रहरी कार्यालयले यही महिना एक सय ७२ रोपनीमा लगाएको अफिमखेती नष्ट गरेको हो ।

जिल्लाको आठबीसकोट, मुसीकोट नगरपालिका तथा सानीभेरी गाउँपालिकाका विभिन्न ठाउँका एक सय ७२ रोपनी जग्गामा लगाएको अफिमखेती फँडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए।

सूचना अधिकारी खड्काका अनुसार आठबीसकोट नगरपालिका–१ स्याला र २ कालजुरा भन्ने ठाउँमा ६० रोपनी, १२ नं वडाको कुरल र लामपुजामा ४५ रोपनीमा लगाएको अफिमखेती नष्ट गरिएको हो । 

त्यस्तै सानीभेरी गाउँपालिका–३ को तिमिले, कमैदे र काफिगैरामा २९ रोपनी, मुसीकोट नगरपालिका–८ घोरखानीमा एक रोपनी र आठबीसकोट नगरपालिका–३ दाङ भन्ने स्थानसहित वडा नं ७ को स्यालाकोट र डाँफेमा ३७ रोपनी गरेर जम्मा एक सय ७२ रोपनी जग्गामा लगाएको अफिमखेती नष्ट गरिएको प्रहरी निरीक्षक खड्काले बताए । 

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ११ : १९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको