आमसञ्चार र सामाजिक सञ्जाल विधेयक छिट्टै : सञ्चारमन्त्री शर्मा « Khabarhub

आमसञ्चार र सामाजिक सञ्जाल विधेयक छिट्टै : सञ्चारमन्त्री शर्मा


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक संघीय संसदबाट छिट्टै पारित गरिने बताएकी छन् ।

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको आज भएको १२औँ अधिवेशनका अवसरमा उनले सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र समयानुकूल बनाउन ती विधेयक जरुरी रहेको उल्लेख गरिन्। ती दुवै विधेयक सङ्घीय  संसद्मा पेश गर्ने अन्तिम तयारीमा छन् ।

सञ्चारमन्त्री शर्माले लोककल्याणकारी विज्ञापनलाई थप व्यवस्थित बनाउँदै  स्वरोजगार तथा साना लगानीका सञ्चारमाध्यमलाई सहुलियत दिन सरकार सकारात्मक रहेको बताइन्। उनले त्यस्ता सञ्चारमाध्यमलाई राष्ट्रिय समाचार समिति (रासस)को समाचार शुल्कमा सहुलियत उपलब्ध गराउन सकिने धारणा राखिन्।

मन्त्री शर्माले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरकार रहेको स्पष्ट पारिन्।  उनले न्यूनतम पारिश्रमिकलाई पनि समयानुकूल बनाउने उल्लेख गर्दै सत्य, तथ्य समाचार आए सरकारलाई सहयोग हुने विश्वास व्यक्त गरिन्। शाखाले पत्रकारिताको माध्यमबाट योगदान गर्नेलाई विभिन्न व्यक्तिलाई सम्मान र पुरस्कार प्रदान गरेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ११ : ५९ बजे

सुनसरी घटना : छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं– सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा

‘कार्गो क्षेत्रलाई व्यवस्थित बनाउन संघ–प्रदेश सहकार्य आवश्यक’

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा फ्रेट फरवार्डिङ

एकताको सन्देश दिन राष्ट्रिय झण्डासहित सद्भाव र्‍याली (तस्बिरहरू)

बुटवल– दुई फरक समुदायबीच भएको हिंसात्मक झडपले सुनसरी अस्तव्यस्त बनिरहँदा बुटवलमा

वालेन्द्र शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका वालेन्द्र शाह सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ