उपचारका क्रममा महिलाको मृत्यु भएपछि अस्पतालमा विवाद « Khabarhub

उपचारका क्रममा महिलाको मृत्यु भएपछि अस्पतालमा विवाद


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.2k
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा एक महिलाको मृत्यु भएको विषयमा विवाद उत्पन्न भएको छ ।

हिँडेर आफैँ अस्पताल पुगेकी दैलेख आठबिस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीया भीमा गुरुङको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो ।

भीमा पेट दुखेको भन्दै उपचारका लागि सुर्खेत पुगेकी थिइन् । उनी सामान्य चेकजाँचका लागि वीरेन्द्रनगरको एक निजी अस्पतालमा पुगेकी थिइन् । त्यहाँ उनको  पाठेघरमा केही समस्या देखियो ।

त्यसपछि आफैं हिँडेर उनी प्रदेशकै उत्कृष्ट मानिएको प्रदेश अस्पताल गइन् ।  बिहीबार बिहानै उनी अस्पताल भर्ना भइन् । अस्पतालमा चेकजाँच गराउँदा ४ महिनाअघि प्रसूति गराउँदा पाठेघरमा केही सालनाल रहेको कुरा चिकित्सकले जानकारी दिए । अप्रेसन गरेर पाठेघर सफा गर्दैगर्दा केही समयपछि नै अस्पतालले उनलाई मृत घोषणा गरिदिएको परिवारका सदस्यले बताएका छन् ।

अस्पतालले दिउँसो तीन बजेतिर मृत घोषणा गरेको थियो। परिवारलाई भेट्नै नदिई एक्कासि रगत अभाव भयो भन्दै रगत मगाएको र केही समयमै मृत घोषणा गरिए आफन्तको भनाइ छ । डाक्टरहरूको लापरबाहीका कारण उनको मृत्यु भएको भन्दै आफन्तहरूले आन्दोलन गरिरहेका छन् । शुक्रबार बिहान १० बजेदेखि चरणबद्ध आन्दोलनको कार्यक्रम अगाडि बढाइने तयारी आफन्तहरूले गरेका छन् ।

प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले उक्त घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्  ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  २ : १९ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको