उपचारका क्रममा महिलाको मृत्यु भएपछि अस्पतालमा विवाद | Khabarhub Khabarhub

उपचारका क्रममा महिलाको मृत्यु भएपछि अस्पतालमा विवाद


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.2k
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा एक महिलाको मृत्यु भएको विषयमा विवाद उत्पन्न भएको छ ।

हिँडेर आफैँ अस्पताल पुगेकी दैलेख आठबिस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीया भीमा गुरुङको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो ।

भीमा पेट दुखेको भन्दै उपचारका लागि सुर्खेत पुगेकी थिइन् । उनी सामान्य चेकजाँचका लागि वीरेन्द्रनगरको एक निजी अस्पतालमा पुगेकी थिइन् । त्यहाँ उनको  पाठेघरमा केही समस्या देखियो ।

त्यसपछि आफैं हिँडेर उनी प्रदेशकै उत्कृष्ट मानिएको प्रदेश अस्पताल गइन् ।  बिहीबार बिहानै उनी अस्पताल भर्ना भइन् । अस्पतालमा चेकजाँच गराउँदा ४ महिनाअघि प्रसूति गराउँदा पाठेघरमा केही सालनाल रहेको कुरा चिकित्सकले जानकारी दिए । अप्रेसन गरेर पाठेघर सफा गर्दैगर्दा केही समयपछि नै अस्पतालले उनलाई मृत घोषणा गरिदिएको परिवारका सदस्यले बताएका छन् ।

अस्पतालले दिउँसो तीन बजेतिर मृत घोषणा गरेको थियो। परिवारलाई भेट्नै नदिई एक्कासि रगत अभाव भयो भन्दै रगत मगाएको र केही समयमै मृत घोषणा गरिए आफन्तको भनाइ छ । डाक्टरहरूको लापरबाहीका कारण उनको मृत्यु भएको भन्दै आफन्तहरूले आन्दोलन गरिरहेका छन् । शुक्रबार बिहान १० बजेदेखि चरणबद्ध आन्दोलनको कार्यक्रम अगाडि बढाइने तयारी आफन्तहरूले गरेका छन् ।

प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले उक्त घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्  ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  २ : १९ बजे

बाढीले झापाको ५१२ हेक्टर कृषिबालीमा क्षति

भद्रपुर– यही असोज १८ देखि २० गतेसम्म भएको लगातारको वर्षापछि

संसद् पुर्नस्थापनाबारे सर्वोच्चमा रिटलगत्तै सभामुखले बोलाए १० दलको बैठक

काठमाडौँ- विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले १० राजनीतिक दलको बैठक

देउवाको गुनासो : घर जलाएर मात्रै पुगेन, हाम्रो प्रतिष्ठा र छवि गिराउन झूटो प्रचार गरियो

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ २४ गते

‘विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन गरेर बस्ती विकास गर्न आवश्यक’

पाटन– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं

जेनजीका नाममा सरकारी निकायमा आतङ्क, मूकदर्शक सरकार

काठमाडौं– पछिल्लो समय जेनजीका नाममा विभिन्न संवैधानिक तथा सरकारी कार्यालयका