एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै | Khabarhub Khabarhub

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

हिजो सुरु भएको बैठकमा नेताहरूले बोल्न बाँकी रहेकाले बैठक आज पनि बस्न लागेको हो । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने जनाएको छ ।

पार्टीका उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले हिजोको बैठकमा पार्टी अध्यक्ष माधव नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलगायत विषयमा धारणा राखेका थिए ।

यस्तै, महासचिव घनश्याम भुसालले महाधिवेशनको तयारीसहितका एजेण्डाबारे जानकारी गराएका थिए ।

यसैबीच, स्थायी कमिटी बैठक पछि साेमबार पोलिटब्यूरो बैठक पनि बोलाइएको छ । बैठकले आगामी जेठ १ र २ गते आह्वान गरिएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने कार्यसूची अनुमोदन गर्नेछ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ६ : ५४ बजे

ट्रम्पको युद्धविराम घोषणाले तेहरानमा रोकिएन इजरायली आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल-इरान युद्धविराम घोषणा गरे

तेलुगु नायक विजयविरुद्ध मुद्दा दायर

काठमाडौं – तेलुगु नायक विजय देवरकोन्डाविरुद्ध मुद्दा दायर भएको छ

प्रतिनिधिसभाबाट आज बजेट पारित गरिँदै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ ।

कमलादीस्थित युनिग्लोब कलेजमा आगलागी

काठमाडौं– काठमाडौंको कमलादीस्थित युनिग्लोब कलेजमा आगलागी भएको छ । कलेजको

इङ्गल्यान्डसँगको टेस्टमा भारतका लागि राहुल र पन्तको महत्त्वपूर्ण शतक

लिड्स – भारतले इङ्गल्यान्डसँगको पहिलो टेस्टमा जितका लागि ३७१ रनको