मुस्लिम बहुल कश्मिरमा भाजपाले चुनाव नलड्ने « Khabarhub

मुस्लिम बहुल कश्मिरमा भाजपाले चुनाव नलड्ने


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले कश्मिरमा चुनाव नलड्ने भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले कश्मिरमा लोकसभा चुनावमा उम्मेद्वार नउठाउने निर्णय गरे पनि हिन्दु बहुल जम्मुको दुई सिटमा भने उम्मेदवार उठाउने भएको छ।

तीन सिट रहेको मुस्लिम बहुल कश्मिरमा उम्मेद्वार नउठाउने भएको हो। भाजपाको यो निर्णय त्यहाँ रहेका नागरिकको रिसतर्फ इशारा गर्ने राजनीतिक विश्लेषक र विपक्षी पार्टीका नेताले बताएका छन्।

कश्मिर र दिल्लीको सम्बन्ध दशकौंदेखि तनावपूर्ण रहेको छ। भारत सरकारविरुद्ध चरमपन्थी र उसलाई दबाउन प्रयोग भएको सैन्य कारबाहीमा परेर तीन दशकमा हजारौं नागरिकको मृत्यु भएको छ।

सन् २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अनुच्छेद ३७० खारेज गरेर जम्मु र कश्मिरलाई दुई केन्द्र शासित प्रदेशमा बाँडेपछि अवस्था तनावपूर्ण बनेको हो। भारतीय संविधानको अनुच्छेद ३७० ले जम्मु र कश्मिरलाई स्वायत्तता दिएको थियो।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ८ : ५३ बजे

चट्याङ लागेर जुम्लामा एक युवकको मृत्यु

जुम्ला– जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

पत्रकार खेम भण्डारी कञ्चनपुरबाट पक्राउ

कञ्चनपुर – कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला

मात्रा नमिलाई आँप खाँदा हुनसक्छ स्वास्थ्य समस्या

काठमाडौँ- यतिबेला बजारमा आँपको किनबेच निकै बढेको छ । वर्षायामको

रास्वपामा मनोनयनको सकस : ५१ पदका लागि रविसामु १०० भन्दा बढीको लिस्ट

काठमाडौँ- बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकमा

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच विदेशी