आईपीएल : आज चेन्नई र राजस्थान तथा बैंगलुरु र दिल्ली भिड्ने « Khabarhub

आईपीएल : आज चेन्नई र राजस्थान तथा बैंगलुरु र दिल्ली भिड्ने


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदैछन् ।

आज पहिलो खेलमा चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स खेल्ने छन् । खेल नेपाली समयअनुसार अपराह्न पौने ४ बजे चेन्नईमा हुनेछ ।

जारी आइपिएलमा चेन्नई सुपर किंग्सका लागि प्लेअफमा आफ्नो स्थान बनाउन यो खेल जित्नैपर्ने अवस्था रहेको छ । हाल १२ खेलमा १२ अंक रहेको चेन्नई चौथो स्थानमा रहेको छ । आजको खेल हारेमा चेन्नईलाई प्लेअफको यात्रा कठिन हुनेछ । राजस्थान रोयल्स ११ खेलमा १६ अंकसहित दोस्रो स्थानमा छ ।

यसैगरी आजै हुने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समयअनुसार राति पौने ८ बजे बैंगलुरुमा हुनेछ ।

दुवै टिमका लागि प्लेअफमा स्थान बनाउन यो खेल जित्नै पर्ने दबाब छ । जारी लिगमा बैंगलुरुको १२ खेलबाट १० अंक छ भने दिल्लीको १२ अंक रहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ९ : ०६ बजे

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवा लिने सेवाग्राहीको चाप उच्च

झापा– झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो

मल्टिस्टारर बन्ने भयो ‘द राइज अफ साम्राज्य’, विजयको पनि प्रवेश

काठमाडौँ- सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म ‘द राइज अफ साम्राज्य’

रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण