आईपीएल : आज चेन्नई र राजस्थान तथा बैंगलुरु र दिल्ली भिड्ने « Khabarhub

आईपीएल : आज चेन्नई र राजस्थान तथा बैंगलुरु र दिल्ली भिड्ने


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदैछन् ।

आज पहिलो खेलमा चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स खेल्ने छन् । खेल नेपाली समयअनुसार अपराह्न पौने ४ बजे चेन्नईमा हुनेछ ।

जारी आइपिएलमा चेन्नई सुपर किंग्सका लागि प्लेअफमा आफ्नो स्थान बनाउन यो खेल जित्नैपर्ने अवस्था रहेको छ । हाल १२ खेलमा १२ अंक रहेको चेन्नई चौथो स्थानमा रहेको छ । आजको खेल हारेमा चेन्नईलाई प्लेअफको यात्रा कठिन हुनेछ । राजस्थान रोयल्स ११ खेलमा १६ अंकसहित दोस्रो स्थानमा छ ।

यसैगरी आजै हुने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समयअनुसार राति पौने ८ बजे बैंगलुरुमा हुनेछ ।

दुवै टिमका लागि प्लेअफमा स्थान बनाउन यो खेल जित्नै पर्ने दबाब छ । जारी लिगमा बैंगलुरुको १२ खेलबाट १० अंक छ भने दिल्लीको १२ अंक रहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ९ : ०६ बजे

‘रुपान्तरणसँगै कांग्रेसमा उत्साह छ, असन्तुष्टि मिलाउँछौं’

फागुन २१ मा हुने निर्वाचनको सरगर्मी देशभर फैलिसकेको छ। सबै

सुनको मूल्यमा एकै दिन २० हजार ५ सय रुपैयाँले वृद्धि, प्रतितोला ३ लाख ४० हजार नजिक

काठमाडौं– नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको

दरबारमार्गको एक होटलमा आगलागी (फोटो फिचर)

काठमाडौं – काठमाडौँको दरबारमार्ग क्षेत्रमा रहेको एक होटलमा आगलागी भएको

स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै