एमाले नेता ढकालको आरोप : शिक्षामन्त्रीले शिक्षकहरूलाई आतंकित बनाइन् « Khabarhub

एमाले नेता ढकालको आरोप : शिक्षामन्त्रीले शिक्षकहरूलाई आतंकित बनाइन्


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले शिक्षा मन्त्री सुमन श्रेष्ठले शिक्षकहरूलाई आतंकित बनाएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेलालाई सम्बोधनका क्रममा एमाले जनसंगठन समन्वय संयन्त्र प्रमुख ढकालले यस्तो आरोप लगाएका हुन् ।

राजनीतिमा लागे शिक्षकलाई जागिबाट निकालिदिने पत्र पठाएर शिक्षामन्त्रीले आतंकित बनाएको भन्दै ढकालले त्यस कुराको विरोध गरे।

‘सरकारी मान्छे देख्दा पनि शिक्षक र अरू कर्मचारीहरू आतंकित हुने स्थिति छ’, ढकालले भने ।

यस्ता समस्याको समाधान सही बाटोबाट खोज्नु पर्नेमा उनले जोड दिए । नेपाल बुद्धिजीवी परिषद्ले यो काम गरे देशले सम्झिने ढकालले स्पष्ट पारे । हिजो विरोधको राजनीतिको नेतृत्व गर्दा हुनेमा अहिले निर्माणको राजनीतिमा लाग्नु पर्नेमा उनले जोड दिए ।

ढकालले बेथितिको कुरा आउँदा त्यसलाई चिरेर अघि बढ्नु पर्ने बताए । अहिले एमाले सरकारमा गए पनि चाहेको सबै कुरा पूरा नहुने उनले बताए ।

एमालेको एकल बहुमतको सरकार नबन्दासम्म सरकारले सोचेजस्तो प्रगतिशील काम गर्न नसक्ने ढकालले स्पष्ट पारे ।

ढकालले एमालेभित्र अझै केही विकृति बाँकी नै रहेको बताए । एमालेलाई सिद्ध्याउन एमाले नै लाग्ने उनले स्पष्ट पारे ।

चुनावमा मान्छे लगाएर चुनाव हराउने र अघिपछि पोल लगाएर दुःख दिने कुराले पार्टीलाई अघि नबढाउने उनले बताए ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  १ : ४७ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका