एक वर्षमा तीन खर्ब ९३ अर्बले बढ्यो शेयर बजार पूँजीकरण « Khabarhub

एक वर्षमा तीन खर्ब ९३ अर्बले बढ्यो शेयर बजार पूँजीकरण


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा धितोपत्र (शेयर) बजार आकार एक वर्षमा तीन खर्ब ९३ अर्ब ४० करोड रुपैयाँले बढेको छ ।

नेपाल राष्ट्र बैंकद्वारा आज (आइतबार) सार्वजनिक ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ मा उल्लेख भएअनुसार अघिल्लो चैत मसान्तभन्दा गत चैत मसान्तसम्म धितोपत्र बजार पूँजीकरण झण्डै चार खर्ब रुपैयाँले बढेको हो ।

२०७९ चैत मसान्तमा धितोपत्र बजार  पूँजीकरण २८ खर्ब १८ अर्ब ६१ करोड रुपैयाँ थियो । २०८० चैत मसान्तमा यो आकार ३२ खर्ब १२ अर्ब एक करोड रुपैयाँ पुगेको हो ।

नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)मा सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५७.१ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । त्यसैगरी, जलविद्युत्‌ कम्पनीको हिस्सा १४.९ , लगानी कम्पनी ७.३, उत्पादन तथा प्रशोधन उद्योगको ७.१, होटेलको २.९, व्यापारिक संस्थाको ०.५ र अन्य समूहका कम्पनीहरूको हिस्सा १०.२ प्रतिशत रहेको छ ।

नेप्सेमा २०८० चैत मसान्तसम्म सूचीकृत आठ अर्ब २७ करोड शेयरको चुक्ता मूल्य ८ खर्ब १९ अर्ब ५४ करोड रुपैयाँ थियो । आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा ८४ अर्ब ९९ करोड रुपैयाँ बराबरको साधारण शेयर, १९ अर्ब ४० करोड रुपैयाँ बराबरको बोनस शेयर, १७ अर्ब ७९ करोड रुपैयाँ बराबरको हकप्रद शेयर र ३ करोड रुपैयाँ बराबरको एफपीओ गरी कूल १ खर्ब २२ अर्ब २१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ ।

अघिल्लो चैतदेखि गत चैतसम्म अवधिमा नेपाल धितोपत्र बोर्डले ९ अर्ब ८० करोड बराबरको साधारण शेयर, ६ अर्ब २ करोड बराबरको
डिबेन्चर, ५ अर्ब ४६ करोड बराबरको हकप्रद शेयर र ३ अर्ब ५० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड गरी कूल २४ अर्ब ७८ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशन गर्न अनुमति दिएको छ ।

२०८० चैत मसान्तमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २७२ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत्‌, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०७९ चैतमा नेप्सेमा सूचीकृत कम्पनीहरू संख्या २४८ रहेको थियो ।

२०७९ चैत मसान्तमा १९३४.४८ रहेको नेप्से सूचकाङ्क २०८० चैत मसान्तमा २०२५.७१ कायम भएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  २ : २१ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर