चैत मसान्तसम्ममा ९ अर्ब ८० करोडको आइपीओ जारी, अन्य के–के भए ?  « Khabarhub

चैत मसान्तसम्ममा ९ अर्ब ८० करोडको आइपीओ जारी, अन्य के–के भए ? 


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चालु आर्थिक वर्षको चैत मासान्तसम्म ९ अर्ब ८० करोड रुपैयाँ बराबरको साधारण शेयर (आइपीओ) जारी भएको छ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले ९ अर्बको आइपीओ जारी भएको छ ।

त्यस्तै ६ अर्ब २ करोड रुपैयाँ बराबरको डिबेन्चर, ५ अर्ब ४६ करोड रुपैयाँ बराबरको हकप्रद शेयर र ३ अर्ब ५० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड जारी भएको छ । आइपीओ, डिबेन्चर, हकप्रद र म्युचुअल फण्ड गरेर जम्मा २४ अर्ब ७८ करोड रुपैयाँ बराबरको धितो पत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको राष्ट्र बैंकले जनाएको छ ।

२०८० चैत्र मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७२ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा, ९१ जलविद्युत्, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेको राष्ट्र बैंकले जनाएको छ । २०७९ चैत्रमा सूचीकृत कम्पनीहरूको संख्या २४८ मात्र रहेको बैंकले जनाएको छ ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितो पत्र बजार पुँंजीकरणको हिस्सा ५७.१ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १४.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ७.१ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा १०.२ प्रतिशत रहेको छ ।
नेप्सेमा २०८० चैत्र मसान्तमा सूचीकृत ८ अर्ब २७ करोड रुपैयाँ शेयरको चुक्ता मूल्य ८१९ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  २ : ०७ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर